site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिमालयन बैंक र तायो इको रिर्सोटबीच छुट सम्झौता

काठमाडौं । हिमालयन बैंक लिमिटेड र तायो इको रिर्सोट होटेलबीच छुटसम्बन्धी सम्झौता भएको हो । यो सम्झौतासँगै नगरकोटको शान्तिडाँडामा अवस्थित सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरुमा बैंकका ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने छन् ।

उक्त छुट पाउन हिमालयन बैंकको कार्डबाहक हुनुपर्ने बैंकले जानकारी दिएको छ । हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुले उक्त छुट प्राप्त गर्न बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रिपेड कार्डबाट रिसोर्टमा भुक्तानी गर्न सक्नेछन् ।

बैंकका कार्डबाहक तथा ग्राहकहरूले अन्य स्थानहरूमा प्राप्त गर्न सक्ने छुटबारेमा बैंकको वेबसाइटबाट जानकारी लिन सक्ने बैंकले जानकारी दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro