site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सर्वोच्चका पूर्वन्यायाधीश उपाध्यायको निधन, शोकमा इजलास बन्द
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वोच्च अदालतलका पूर्वन्यायाधीश उदयराज उपाध्यायको निधन भएको छ । वि.स. १९९१ मा रौतहटमा जन्मिएका उपाध्ययायको गएराति ११ः३० मा निधन भएको हो ।

२०२३ सालदेखि इलाका न्यायाधीशको रूपमा सेवा सुरु गरेका उपाध्याय ०४९ देखि ०५७ सालसम्म सर्वोच्चको न्यायाधीश भएर काम गरेका थिए । सर्वोच्च अदालतले उनको निधनमा एकदिनका लागि इजलास बन्द गरेको छ । पेसी सूचीमा आजका लागि ३२७ मुद्दा चढेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सर्वोच्च अदालतलले न्यायाधीश उपाध्यायलाई ‘संविधान र कानुनको क्षेत्रमा दख्खल राख्ने निर्भिक, सरल, अत्यन्त मिलनसार, विवेकशील, सहृदयी, मृदुभाषी, न्यायका मर्मज्ञ एवम् अनुभवी न्यायिक व्यक्तित्वका रूपमा’ स्मरण गरेको छ ।

“स्वर्गीय उपाध्याय न्याय र कानुनका क्षेत्रमा आदर्श व्यक्तित्व हुनुहुन्थ्यो । साथै उहाँ न्यायाधीशको रूपमा अत्यन्त ओझपूर्ण व्यक्तित्व रहनुभएको र प्रतिष्ठित न्यायाधीश हुनुहुन्थ्यो। उहाँको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणादायी र मार्गदर्शक रहिरहने छ,” सर्वोच्चको विज्ञप्तिमा भनिएको छ ।

Global Ime bank

उपाध्यायले २०१७ बैशाख २३ मा इलाका न्यायाधीशको रूपमा इलाका अदालत पाल्पाबाट न्याय सेवा प्रवेश गरी २०२५ असार १ मा धनुषा जिल्ला अदालतको न्यायाधीश, २०२८ कात्तिक ८ गते वाग्मती अञ्चल अदालतको कायममुकायम अञ्चल न्यायाधीश भएका थिए ।

त्यस्तै, २०४० मंसिर १२ मा क्षेत्रीय अदालतको न्यायाधीश, २०४८ कात्तिक १८ मा तत्कालीन पुनरावेदन अदालतको मुख्य न्यायाधीश हुँदै मिति २०४९ माघ १ मा सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त भई २०५७ भदौ २३ बाट सर्वोच्च अदालतबाट अवकाश प्राप्त गरेका थिए ।

press1692091051.png

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १४:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC