site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एभरेष्ट बैंकले सुरु गर्‍यो ‘फोनट्याग’ नामक अफलाइन पेमेन्ट सेवा

काठमाडौं । एभरेष्ट बैंक, पञ्जाब नेशनल बैंक भारतसँगको संयुक्त साझेदारले फोनपेसँगको सहकार्यमा पहिलो पटक अफलाइन डिजिटल पेमेन्ट सुविधा ‘फोनट्याग’ सेवा सञ्चालनमा ल्याएको छ ।

फोनट्यागले इन्टरनेट जडान नभएको क्षेत्रमा वा मोबाइल डेटा प्रयोग गर्न नचाहने ग्राहकलाई मोबाइल बैंकिङ एपबाट “एनएफसी ट्याग” वा 'सीपीक्यूआर' कोड अथवा ग्राहकले प्रस्तुत गर्ने क्यूआरकोडबाट भुक्तानी गर्न सक्षम बनाउँछ ।

Dabur Nepal
NIC Asia

यसरी गर्न सकिने अफलाइन कारोबारको सीमा प्रतिकारोबार पाँच हजार रुपैयाँ रहेको छ । यो सेवा एभरेष्ट बैंकका सबै ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार हाल यो सेवा एनएफसी सक्षम एन्ड्रोइड स्मार्ट फोनरूमा उपलब्ध रहेको छ । एनएफसी नभएका मोबाइल फोनमा ग्राहकले सीपीक्यूआर कोड अथवा ग्राहकले देखाउने क्यूआर कोड प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

यो सेवाले कमजोर नेटवर्क भएका स–साना सहर र ग्रामीण क्षेत्रहरूमा डिजिटल भुक्तानीलाई बढवा दिने कम्पनीको विश्वास छ ।

यस्तै यो सेवाले विभिन्न सहरी केन्द्रहरूमा, ठूला सार्वजनिक कार्यक्रम, मेला र प्रदर्शनीहरूमा डेटा प्रयोग गर्न अनिच्छुक ग्राहकलाई पनि भुक्तानी गर्न मद्दत गर्ने बैंकले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro