site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेइमार साउदीको क्लबमा जाने पक्का, अल हिलालसँग भयो सहमति

काठमाडौं । ब्राजिलियन फरवार्ड नेइमार जुनियर बेच्नका लागि फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) र साउदी अरेबियन क्लब अल हिलाल सहमत भएका छन् । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले खुलाएअनुसार नेइमारका लागि पीएसजी र अल हिलालबीच ९० मिलियन युरोमा सहमति भएको हो । नेइमारका लागि दुई क्लबबीच सहमति भए पनि हालसम्म आधिकारिकरूपमा सरुवाको घोषणा भइसकेको छैन । बीबीसीका अनुसार ३१ वर्षीय नेइमारका लागि अब कागजी प्रक्रिया र स्वास्थ्य जाँचमात्र बाँकी छ ।

सन् २०१७ मा कीर्तिमानी २२२ मिलियन युरोमा स्पेनिस क्लब बार्सिलोनाबाट पीएसजी भित्रिए पनि नेइमारले फ्रेन्च क्लबबाट आशातित प्रभाव देखाउन सकेनन् । उनी शनिबार भएको लोरेन्टविरुद्धको खेलदेखि नै पीएसजीको टिमबाट बाहिर थिए ।

अन्तर्राष्ट्रिय रिपोर्टका अनुसार नेइमारले फ्रेन्च क्लबबाट वार्षिक २५ मिलियन युरो पारिश्रमिक पाउँथे । ६ वर्ष फ्रेन्च क्लबमा बिताएका नेयमारले पीएसजीबाट १७३ खेल खेल्दा पाँच लिग वानसहित १३ उपाधि जितेका छन् । सन् २०२० मा पीएसजीले च्याम्पियन्स लिगको फाइनलसम्मको यात्रा तय गर्दा नेइमार टिमका मुख्य फरवार्ड थिए । तर, बायर्न म्युनिखसँग फाइनलमा १–० ले पराजित भएपछि पीएसजीले उपविजेतमा चित्त बुझाएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro