site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
उपराष्ट्रपति यादव चीन प्रस्थान
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव चीन प्रस्थान गरेका छन् ।

सातौँ चाइना–साउथ एसिया एक्स्पो र २७औँ चाइना कुनमिङ इम्पोर्ट एण्ड एक्सपोर्ट (कुनमिङ फेयर)मा सहभागी हुन उनी चीन गएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

एक्स्पो कुनमिङमा बुधबारदेखि सुरु हुँदै छ ।

उपराष्ट्रपतिको चीन भ्रमण टोलीमा उनको श्रीमती चम्पादेवी यादव, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई र अन्य उच्च सरकारी अधिकारीहरु रहेका छन् ।

Global Ime bank

उपराष्ट्रपति यादवले एक्स्पोलाई बुधबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सातौँ चाइना–साउथ एसिया एक्स्पोमा नेपाललाई ‘थिम कन्ट्र’को रुपमा राखिएको छ । एक्स्पोमा नेपाल प्याभिलियन रहनेछ जसको उद्घाटन उपराष्ट्रपति यादवले गर्नेछन् । प्याभिलियनमा एक सयभन्दा बढी नेपाली व्यापारीहरुले आफ्ना उत्पादनहरु प्रदर्शनी गर्ने जनाइएको छ ।

उपराष्ट्रपति यादव भदौ ४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement