site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नक्कली भुटानी शरणार्थी प्रकरणमा थप १८ जना ठगिए
Tiktok banner adTiktok banner ad

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहविरुद्ध काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको छ ।

काठमाडौंमा सानु भण्डारी, केशव दुलालसमेतको संयुक्त मिलेमतोमा विभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनी विभिन्न किसिमका प्रलोभन र विश्वासमा परेर लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाडौं लगायतका जिल्लाका १८ जना पीडितबाट करोडौं रकम ठगी गरेको उजुरी परेको छ ।

उनीहरुबाट करिब एक करोड ८५ लाख ९२ हजारभन्दा बढी ठगी गरेको भनी तीनवटा निवेदन परेको छ । जाहेरीसहित सबै कागजात कार्यालयले परिसर टेकु पठाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro