site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
बोलीमा लगाम नहुँदा...

काठमाडौं । बोलीमा लगाम लगाउन नसक्दा धेरै कलाकारले पटक–पटक गाली खाँदै आएका छन् । होस पुर्‍याएर नबोल्नेमा नयाँदेखि पुराना कलाकारसम्म छन् । यो मामलामा तुलनात्मक रूपमा पुरानाभन्दा नयाँ कलाकारको संख्या अधिक छ ।

सामाजिक सञ्जालमा होस् वा मिडियामा बोल्दा विवेक नपुर्‍याउँदा उनीहरूले गाली खाँदै आएका छन् । यसरी गाली खानेमा दीपाश्री निरौलादेखि पछिल्लो पुस्ताकी आँचल शर्मासम्म पर्छिन् । बोलीमा होस नपुर्‍याउनेमा पूर्जा शर्मा, वर्षा राउत, प्रियंका कार्की पनि हुन् ।

कोरोना संक्रमणको त्रासको समयमा देश लकडाउनमा रहेका बेला नेपाली सिनेक्षेत्र ठप्प थियो । महँगो पारिश्रमिक लिने कलाकार/निर्देशकमा ठूलो प्रभाव नपरे पनि दैनिक काम गरेर खाने प्राविधिक समस्यामा थिए । उनीहरूलाई केही कलाकारले राहत समेत प्रदान गरेका थिए । प्राविधिकको संस्था चलचित्र प्राविधिक संघले राहत संकलन र वितरण गरेको थियो ।

Dabur Nepal
NIC Asia

सोहीक्रममा कलाकार तथा निर्देशक दीपाश्री निरौलाले एक टेलिभिजन कार्यक्रममा ‘राजेश हमालले महानायकको भूमिका निर्वाह गर्न नसकेको’ बताएकी थिइन् । प्राविधिकले खाना खान नपाइरहेको अवस्थामा राजेशले सहयोग नगरेको भन्दै उनले आलोचना गरेकी थिइन् ।

उनको त्यो अन्तर्वार्ता सार्वजनिक भएसँगै राजेशका प्रशंसकले दीपाश्रीलाई गाली गरे । उनले यति धेरै गाली खाइन्, माफी नै माग्नुपर्‍यो । पछि राजेश आफैँले आफूविरुद्ध बोल्ने कसैलाई पनि गाली नगर्न आग्रह गरे ।

तर, दीपाश्रीमाथिको गाली रोकिएन । त्यही कारण उनलाई ‘मुन्द्रेको कमेडी क्लब’बाट हटाइयो । उनलाई दर्शकले गाली गरेकै कारण ‘छक्का पञ्जा–४’ अर्कैले निर्देशन गरे । ‘छक्का पञ्जा’का सिरिज उनले निर्देशन गर्दै आएकी थिइन् । तर, ‘छक्का पञ्जा–४’ हेमराज बिसीले निर्देशन गरे । भलै, निर्माण पक्षले यही कारण दीपाश्रीले यो सिरिज निर्देशन नगरेको पुष्टि गरेको छैन । योबाहेक भने दीपाश्री खासै विवादमा आएकी पात्र होइनन् ।

आँचल पनि ‘ट्रोल’ बनिरहने नायिकामध्येकी एक हुन् । बोल्न भाँती नपुर्‍याउँदा उनी आलोचनाको केन्द्रमा रहने गरेकी छन् । ‘बढी टिकटक चलाउने गरेका कारण महिला धेरै क्रिएटिभ हुने’ बताएपछि उनी ट्रोलको सिकार बनेकी थिइन् ।

यस्तै, नायिका पूजा शर्मालाई ‘अग्रज’ भनेपछि आँचलको आलोचना मात्र भएन, ट्रोल नै बनिन् । उनले आफूभन्दा धेरै अगाडि पूजा चलचित्र उद्योगमा आएको बताएकी थिइन्, जबकि उनीहरू दुवै एउटै जेनेरेसनका नायिका हुन् । पूजालाई अग्रज भनेपछि आँचललाई उनका फ्यानले नै अग्रजको अर्थ बुझ्न सुझाव दिएका थिए ।

पूजा शर्मा पनि समय–समयमा ट्रोल हुने नायिका हुन् । ‘नेपालमा ७२ प्रदेश र १४ जिल्ला रहेको’ बताएपछि पूजा ट्रोल बनेकी थिइन् । एक टेलिभिजन अन्तर्वार्तामा यस्तो बताएपछि आफ्नै देशबारे न्यूनतम जानकारी समेत नरहेको भन्दै उनको चर्को आलोचना गरिएको थियो ।  

प्रियंका कार्की पनि बाक्लै विवादमा आउने नायिका हुन् । ‘यूएसचाहिँ धेरैपटक गइरहेको थिएँ, तर अमेरिका भने पहिलोपटक आएको हुँ’ भनेपछि प्रियंका ट्रोल बनेकी थिइन् । अमेरिकामै एक अन्तर्वार्ताका क्रममा यस्तो बताएपछि उनलाई धेरैले ट्रोल बनाएका थिए ।

बोली र तस्बिरमार्फत उनी धेरै ट्रोल हुने गरेकी छन् । बोलीभन्दा पनि उनी तस्बिरमार्फत धेरै विवादमा पर्ने गरेकी छन् ।

केही वर्षअघि ‘बेबी बम्प’को फोटोसुट गराउँदा पनि उनी ट्रोल बनेकी थिइन् । तस्बिरमा उनले हातमा गिलास लिएर जुस पिइरहेको देखिएको थियो । पेटमा पनि गिलासबाट जुस पिइरहेको तस्बिर कोरिएको थियो । यो तस्बिर सार्वजनिक भएपछि भद्दा कमेन्ट धेरै गरिएको थियो ।

वर्षा राउत पनि बेलाबेलामा बोलीका कारण विवादमा तानिइरहने नायिका हुन् । नेपाल र भारतबीचको सीमा विवादका सन्दर्भमा दिएको अभिव्यक्तिका कारण उनले आलोचना खेपेकी थिइन् ।

उनले भनेकी थिइन्– देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो, तिमीहरूले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यता र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकार मिलेर झगडा पारिरहेका छन् ।

योसँगै वर्षाले ‘मेरो इन्डियन साथीहरूसँग मैले कसरी फेस गर्ने र मेरो इन्डियन साथीहरूले मसित कसरी फेस गर्ने भइरहेको छ’ भन्ने बताएपछि ट्रोल बनेकी थिइन् । सामाजिक सञ्जालमा विरोध हुन थालेपछि उनले ‘आइन्दा विचार पुर्‍याएर मात्र बोल्ने’ बताएकी थिइन् ।

त्यसपछि उनी तस्बिरका कारण पनि विवाद र चर्चामा रहिन् ।

वर्षा शिवाकोटीको पनि बेलाबेलामा नकारात्मक चर्चा हुने गरेको छ । उनी बोलीभन्दा तस्बिरमार्फत विवादमा आउने नायिका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro