site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानी दूतावासले मनायो स्वतन्त्रता दिवस

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानको दूतावासले सोमबार एक कार्यक्रमको आयोजना गरी पाकिस्तानको ७६औँ स्वतन्त्रता दिवस मनाएको छ ।

दूतावासमा पाकिस्तानको झण्डा फहराएर स्वतन्त्रता दिवस मनाइएको थियो ।

नेपालका लागि पाकिस्तानका कार्यवाहक राजदूत उमेर अलीले राष्ट्रिय झण्डा फहराएका थिए ।

कार्यक्रममा दूतावासका अधिकारी तथा कर्मचारी र पाकिस्तानी समुदायको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पढेर सुनाइएको थियो ।

कार्यक्रममा बोल्दै कार्यवाहक राजदूत अलीले सन् १९४० मा मुस्लिमहरूले आफू र आफ्ना भावी पुस्ताका लागि छुट्टै मातृभूमि निर्माण गर्न गरेको संकल्पको स्मरण गरेका थिए ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro