site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पानीको बहाव बढेपछि वनबासा पुलमा चारपांग्रे सवारीमा रोक
फाइल तस्बिर ।

कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेपछि वनबासा पुल (शारदा ब्यारेज)मा चारपांग्रे सवारीसाधनलाई रोक लगाइएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार महाकाली नदीमा पानीको बहाव एक लाख ९५ हजार क्युसेक पुगेको छ ।

भारतीय पक्षले पुल जीर्ण भइसकेकाले नदीमा एक लाख क्युसेकभन्दा बढी पानी भएपछि ठूला सवारीसाधनलाई रोक लगाएको हो । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक देवसिंह बडालले आज बिहानैदेखि पुलमा आवागमनमा रोक लगाइएको जानकारी दिए ।

“बिहान पानीको सतह बढेर दुई लाख २४ हजार क्युसेक पुगेको थियो,” उनले भने, “अहिले पैदलयात्रु र दुईपांग्रे सवारीसाधन चल्न दिइए पनि ठूला सवारीसाधनमा रोक लगाइएको छ ।”

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा वर्षा हुँदा महाकालीमा पानीको बहाव बढ्ने गर्छ । महाकालीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro