site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित आठविरुद्ध भ्रष्टाचार मुद्दा
Sarbottam CementSarbottam Cement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुमारबहादुर बराइलीसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले उनीहरुविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । उनीहरुले इलामको माई नगरपालिका वडा नं. १ र ३ स्थित पशुपति सामुदायिक वनको आम्दानी हिनामिना गरेको आरोप अख्तियारले लगाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अख्तियारले आइतबार मुद्दा दायर गरेकमा पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुमारबहादुर बराइली, उपभोक्ता समूहका तत्कालीन सल्लाहकार समूहका संयोजक अर्जुनकुमार थापा र तत्कालीन कोषाध्यक्ष रामकुमारी खत्री, चिलाउने गौडा हिले खोला क्रसिङ्ग फुटपात पुलका अध्यक्ष दिलबहादुर मगर र कोषाध्यक्ष रस्मिला बराइली, लेखापरीक्षक चन्द्रबहादुर बस्नेत, उपभोक्त समूहका तत्कालीन सचिव रामबहादुर मगर र तत्कालीन कोषाध्यक्ष चन्द्रकला श्रेष्ठ रहेका छन् ।

दायर गरिएको मुद्दामा पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुमारबहादुर बराइलीसँग १५ लाख पाँच हजार ९३० रुपैयाँ बिगो दाबी गरेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १५:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement