site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुनील शर्मालाई बलायरको सुझाव : अरुको उक्साहटमा नबोल्नू
फाइल तस्बिर।

काठमाडौं । नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सांसद डा. सुनील शर्मालाई कसैको उक्साहटमा नबोल्न सुझाव दिएका छन् ।

आइतबारको संसदीय दलको बैठकमा बोल्दै उनले अर्थमन्त्री तथा पार्टी प्रवक्ता प्रकाशशरण महतको बचाउमा धारणा राखे । बलायरले शर्माले प्रमाण लिएर आए एजेन्डा बोकेर हिँड्ने धारणा राखेको एक सांसदले बताए ।

Dabur Nepal
NIC Asia

“अर्थमन्त्रीलाई लगाएको आरोप प्रमाणसहित आउनु, म तपाईंसँग तपाईँको एजेन्डा बोकेर हिँड्छु । तर अरुको उक्साहटमा नबोल्नू । संसदीय मूल्य मान्यता मान्नु पर्दैन ?,” बलायरको प्रश्न थियो ।

बलायरले शर्माले मिडियामा दिएको अभिव्यक्ति किमार्थ मान्य नभएको धारणा राखेको ती सांसदले बताए ।

“तपाईँले सामाजिक सञ्जालमा, मिडियामा जुन ढंगबाट बोल्नुभएको छ, त्यो किमार्थ मान्य छैन । बलायरको भनाइ उद्धृत गर्दै ती सांसदले भने, “कांग्रेसलाई प्रमुख विन्दुमा राखेर बोल्नुहोला ।”

तर, बलायरले अर्थ मन्त्रालयको काम चित्तबुझ्दो भने नभएको जिकिर गरेको ती सांसदले जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro