site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओली भन्छन्– अयोग्य प्रधानमन्त्रीले अफ्ठ्यारो मानेर राजीनामा गर्नुपर्ने हो
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशरण महतले पदबाट राजीनामा नदिनु आश्चर्य भएको बताएका छन् ।

च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले सुन तस्करी प्रकरण महातस्करी प्रकरण भएको समेत बताए । जुत्ता ल्याउँदा, चुरोट ल्याउँदा पनि सुन आएकोले आफूहरु बोल्न खोज्दा सत्तापक्षले सदनमा बोल्न नदिएको समेत बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अयोग्य भएको भन्दै अफ्ठ्यारो मानेर आफैंले राजीनामा दिनुपर्ने बताए ।

“प्रधानमन्त्री पनि यति अयोग्य, यति नालायक, यति भ्रष्ट सरकारको, यस्तो भ्रष्टताको चाङमाथि उभिएर म नेतृत्व गर्छु भन्न अफ्ठ्यारो हुनुपर्ने हो । उहाँले आफैंँ राजीनामा गर्नुपर्ने हो,” ओलीले भने, “गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नगरेर कसरी बस्ने सकेको ? आठौँ कि नवौँ आश्चर्य भन्नुपर्छ यसलाई । यो ठूलो आश्चर्य हो ।”

Global Ime bank

जिम्मेवारी बहन नगरेर मन्त्री भएर राष्ट्रिय झण्डा हल्लाएर हिँड्न गृहमन्त्रीलाई अफ्ठ्यारो लाग्नुपर्ने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १४:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !