site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
काकर पाकिस्तानको कार्यवाहक प्रधानमन्त्री नियुक्त
फाइल तस्बिर ।

काठमाडौं । पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले अनवर–उल–हक काकरलाई कार्यवाहक प्रधानमन्त्रीका रूपमा नियुक्त गरेका छन् । शनिबार राष्ट्रपति आरिफ अल्वीले काकरलाई कार्यवाहक प्रधानमन्त्रीका रूपमा नियुक्त गरेका हुन् ।

राष्ट्रपतिले पाकिस्तानको संविधानको धारा २२४ (१ ए) बमोजिम उक्त स्वीकृति दिएका हुन् । प्रधानमन्त्री शहबाज शरिफ नेतृत्वको मन्त्रिपरिषद्ले संसद् विघटनको निर्णय गरेपछि विपक्षी दल समेतको सहमतिमा काकर कार्यवाहक प्रधानमन्त्री बनेका छन् ।

Dabur Nepal
NIC Asia

कार्यवाहक प्रधानमन्त्री चयनका विषयमा निवर्तमान प्रधानमन्त्री शहबाज शरिफ र विपक्षी दलका नेता राजा रियाजबीच शनिबार छलफल भएको थियो । सोही छलफलपछि काकरको नाममा सहमति जुटेको हो ।

काकर मार्च २०१८ देखि पाकिस्तानको सिनेटको सदस्य छन् । उनी सन् २०१८ को पाकिस्तानी सिनेटको निर्वाचनमा दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट स्वतन्त्र उमेदवारका रूपमा निर्वाचित भएका थिए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro