site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेलिंघमले ‘डेब्यु’ खेलमै गोल गर्दा रियाल मड्रिडको विजयी सुरुआत

काठमाडौं । जुड बेलिंघमले ‘डेब्यु’ खेलमै गोल गर्दा स्पेनिस ला लिगामा रियाल मड्रिडले विजयी सुरुआत गरेको छ ।

शनिबार राति भएको ला लिगाको नयाँ सिजन २०२३–२४ को आफ्नो पहिलो खेलमा रियालले एथ्लेटिक बिल्बाओलाई २–० ले हराएको हो । रियालको जितमा रोड्रिगो र यसै सिजन बोरुसिया डर्टमन्डबाट अनुबन्धित भएका फरवार्ड बेलिंघमले समान एक गोल गरे ।

रोड्रिगोले २८औँ मिनेटमा गरेको गोलबाट रियाल मड्रिडले अग्रता बनाएको थियो । बेलिंघमले ३६औँ मिनेटमा गोल गरेपछि रियालले पहिलो हाफमै अग्रतालाई २–० मा राखेको थियो । यसपछि दुवै टिमबाट गोल हुन नसक्दा रियालले २–० को जितसहित नयाँ सिजनको पहिलो खेलबाट तीन अंक निश्चित गर्‍यो ।

यसबाहेक, शनिबार राति नै भएका अन्य खेलमा रियाल सोसिडाड र जिरोनाले १–१ गोलको बराबरी खेल्दा मायोर्का र लास पाल्मासले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro