site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई चिनियाँ नागरिकलाई छाडियो
फाइल तस्बिर ।

काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा समातिएका दुई चिनियाँ नागरिकलाई प्रहरीले रिहा गरेको छ ।

सुन तस्करीमा संलग्न भएको आशंकामा समातिएका उनीहरू संलग्न भएको नदेखिएकाले छाडिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए ।
    
“उनीहरूको नाम मिल्दोजुल्दो भएकाले अध्यागमन विभागले नियन्त्रणमा लिएर सीआईबीमा बुझाएका थियो, तर अनुसन्धान गर्दा उनीहरू त्यसमा संलग्न नभएको पाइएपछि छाडिएको हो,” प्रवक्ता कडायतले भने । रिहा हुनेमा ली जियालिङ र लिउ फुयान रहेका छन् ।

शुक्रबार बिहान हिमालय एयरको उडानबाट चीन जान लागेका बेला उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।

त्यसअघि पक्राउ परेकाहरू भने प्रहरी हिरासतमै रहेका छन् । उनीहरूमाथि अनुसन्धान जारी रहेको जनाइएको छ ।

हङकङबाट ल्याइएको करिब एक सय किलो सुन साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको थियो । प्रधानमन्त्रीको निर्देशनपछि अहिले उक्त प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  २०:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro