site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली युवा सफ्टवेयर निर्यात गरिरहेका छन् : अर्थमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या अस्थायी भएकाले डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

देश अहिले विस्तारै विकासको बाटोमा अघि उनले उल्लेख गरे । नेपाल विदेशभन्दा सबै किसिमले व्यापार, व्यवसायका लागि राम्रो रहेको उनको भनाइ छ ।

उनले नेपालमा आईटी क्षेत्रले उल्लेखनीय काम गरिरहेको बताए । यस क्षेत्रमा लगानी बढाउन उनले आग्रह गरे ।

“अहिले नेपाल पनि विस्तारै विकासको बाटोमा अघि बढेको छ । अहिले कोरोनाभाइरसलगायत विविध कारणले अर्थतन्त्रमा केही समस्या देखिएका छन् । तर, यो अस्थायी हो र नेपाल अब अघि बढ्छ । नेपालमा व्यापार, व्यवसाय गर्न ठूलो अवसर छ, विदेश गएकाहरूले पनि नेपालमा अवसर छ भनेर फर्किएर आएर यहाँ प्रविधि प्रयोग गरी राम्रो गरिरहका छन्,” उनले भने, “आईटी क्षेत्र कोभिडपछि नेपालमा युवाहरूले अरू बाहिर जाने अवस्था नभएकाले उनीहरूको दिमाग कम्प्युटरमा गयो । आईटी क्षेत्र राम्रो बन्दै गइरहेको छ । नेपाली युवाहरू सफ्टवेयर निर्यात गरिरहेका छन् विदेशमा । नेपाललाई पनि फाइदा गरिरहेका छन्, आफ्नो जीवन पनि राम्रो बनाइरहेका छन् । आईटी क्षेत्रका लागि धेरै ठूलो लगानी गर्न पर्दैन । यसको लागि समर्पण र स्किल भए पुग्छ । त्यसमा पनि लाग्न अनुरोध गर्छु । यसपटकको बजेटमा आईटी क्षेत्रमा लगानी गर्नेलाई ५० प्रतिशत कर कम गर्ने निर्णय गरेको छु ।”

मन्त्री महतले नेपालको अहिलेको चुनौती भनेको देशभित्रै रोजगारी सिर्जना गरी युवालाई विदेश जानबाट रोक्नु रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro