site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गृह र अर्थमन्त्रीको राजीनामा मागेकैले सुनील शर्मालाई पक्राउ गरियो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा सरकारमा रहेका व्यक्तिविरुद्ध बोलेकै कारण सांसद सुनील शर्मालाई पक्राउ गर्ने काम भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित महाकवि विद्यापतिकृत कथासंग्रह 'पुरुष परीक्षा' लोकार्पण समारोहमा ओलीले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेकै कारण शर्मालाई पक्राउ गर्ने काम भएको बताए ।

Dabur Nepal
NIC Asia

ओलीले सुन तस्करी प्रकरणलाई ढाकछोप पर्ने काम राज्यबाटै भएको पनि आरोप लगाए । अध्यक्ष ओलीले दुई दिन बोलेपछि शर्मालाई पक्राउ गरेर राज्यले सुन तस्करी प्रकरणमा बोल्नेको मुख बन्द गर्ने काम गरेको बताए ।

त्यस्तै, उनले सदनमा पनि एमालेले सुन प्रकरणमा बोल्छ भनेर सत्तापक्ष सांसदहरूले उठेर विरोध जनाएको र बोल्न निषेध गरेको जिकिर गरे । अध्यक्ष ओलीले समाजलाई सफा गर्नका लागि सबैभन्दा पहिला राजनीतिलाई सफा गर्नुपर्ने समेत बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro