site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसले सुनील शर्मा पक्राउबारे पर्सिमात्र धारणा बनाउने

काठमाडौं । नेपाली कांग्रेसले सांसद सुनील शर्माको पक्राउबारे आइतबार मात्र धारणा बनाउने बताएको छ । 

आज बसेको संसदीय दलको बैठकमा नेताहरूले पक्राउ आपत्तिजनक रहेको बताए पनि पार्टीको आधिकारिक धारणा पर्सि मात्र बनाइने नेता रमेश लेखकले जानकारी दिए । 

"आज नेताहरूले सुनील शर्माको पक्राउ अप्रत्यासित र आपत्तिजनक छ भनेर धारणा राख्नुभएको छ । थप छलफल गरेर पूर्ण निर्णय पर्सि गर्छौं," लेखकले भने ।

बिहीबारमात्र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्कली प्रमाणपत्रबारे छानबिनका लागि शर्मालाई निवासबाटै पक्राउ गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro