राजनीति
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कांग्रेस सांसद सुनील शर्मा पक्राउबारे संसद् सचिवालयलाई जानकारी गराएको छ ।
सीआईबीले संसद् सचिवालयलाई पठाएको पत्रमा शर्माको कक्षा १२ तह (आईएस्सी)को प्रमाणपत्र नक्कली रहेको आशंका गरिएको बताइएको छ ।
सीआईबीले शैक्षिक प्रमाणपत्र प्रमाणीकरण सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डको ०७९ साउन ५ गतेको पत्रबाट १९९६ सालमा रोल कोड ६५०४, रोल नम्बर १०११७, आईएस्सी तहमा शर्माको कैफियतमा अपुष्टित भनी लेखी आएको र सो सन्दर्भमा उक्त शैक्षिक योग्यताको प्रमाण पत्र किर्ते गरेको कसुरमा पक्राउ गरिएको जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८० १८:५५
प्रतिक्रिया दिनुहोस्