site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुनील शर्मा पक्राउबारे सीआईबीले संसद् सचिवालयलाई पठाएको पत्रमा के छ ?

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कांग्रेस सांसद सुनील शर्मा पक्राउबारे संसद् सचिवालयलाई जानकारी गराएको छ ।

सीआईबीले संसद् सचिवालयलाई पत्र पठाएर जानकारी गराएको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् ।

Dabur Nepal
NIC Asia

सीआईबीका एक अधिकारी आफैँ आएर सिंहदबारस्थित सचिवालयलाई पत्र बुझाएका हुन् ।

सीआईबीले संसद् सचिवालयलाई पठाएको पत्रमा के छ ?

उपरोक्त सम्बन्धमा कतिपय चिकित्सकहरूले भारतीय नक्कली प्रमाण पत्रहरू पेश गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा संचालन गर्ने दर्ता प्रमाण पत्र परीक्षामा सहभागी भएको पाईएकोले कानून बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको नेपाल मेडिकल काउन्सिल, बाँसबारीबाट सूचना प्राप्त भएको र यसै गरी शैक्षिक प्रमाण पत्र प्रमाणीकरण सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्ड, सानो ठिमी, भक्तपुरको च नं १ मिति २०७९/०४/०५ गतेको पत्रबाट १९९६ सालमा Roll Code 6504, Roll No. 10117, I Sc तहको सुनिल कुमार शर्माको कैफियतमा अपुष्टित (Not Verified) भनी लेखी आएको र सो सन्दर्भमा उक्त शैक्षिक योग्यताको प्रमाण पत्र कीर्ते गरेको कसूरमा प्रचलित कानून बमोजिम अनुसन्धान गर्नु पर्ने भएकोले उक्त कसूरमा संलग्न जिल्ला मोरङ, क्षेत्र नं ३ का नेपाली काँग्रेसका तर्फबाट प्रत्यक्ष तर्फको निर्वाचित सांसद सुनिल कुमार शर्मा पक्राउ परेका, फौजदारी कसूरको अनुसन्धानको क्रममा पक्राउ परेका निज सुनिल कुमार शर्मा जिल्ला मोरङ, क्षेत्र नं ३ का नेपाली काँग्रेसका तर्फबाट २०७९ सालको प्रत्यक्ष तर्फ प्रतिनिधि सभामा निर्वाचित सांसद रहेकोले नेपालको संविधान (२०७२) को धारा १०३ को उपधारा ६ बमोजिम प्रतिनिधि सभाको सदस्य निज सुनिल कुमार शर्मा पक्राउ परेको यसै पत्रद्वारा सम्माननीय सभामुख समक्ष सूचना एवं जानकारी गराईएको व्यहोरा सादर अनुरोध गरिएको छ ।

Sharma1691670146.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro