site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
सीआईबीले ‘अपरेसन क्वाक’ चलाएपछि जापान र दुबईमा लुकेका थिए सुनील शर्मा
SkywellSkywell

विराटनगर । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मा नक्कली शैक्षिक प्रमाणपत्रको विषयलाई लिएर बिहीबार पक्राउ परेका छन् । 

झापाको दमकमा २०३४ पुस २२ गते जन्मिएका शर्मा विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक हुन् । उनी २०७९ का संसदीय निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । 

नेकपा (एमाले)का भानुभक्त ढकाललाई फराकिलो मतान्तरले पराजित गरेका शर्मा २०७४ को निर्वाचनमा भने उनै ढकालसँग पराजित भएका थिए । पछिल्लो निर्वाचनमा शर्माले ४८ हजार ६३१ मत प्राप्त गर्दा एमालेका ढकालले २५ हजार ८९५ मत पाएका थिए ।

Dabur Nepal
NIC Asia

नेपाली कांग्रेसको १३औँ राष्ट्रिय महाधिवेशनमा शर्मा महाधिवेशन प्रतिनिधि थिए । पार्टीको आन्तरिक चुनावमा मोरङको केराबारी गाउँपालिकामा शर्माले गोपाल थापालाई पराजित गरेका थिए । 

मोरङको बेलबारी नगरपालिका स्थायी बसोबास भएका शर्माले माध्यमिक तहको अध्ययन कालिकोटमा गरेको बताइन्छ । त्यो भन्दा अगाडि शर्मा मोरङकै लेटाङ नगरपालिकास्थित लेटाङ माध्यमिक विद्यालय अध्ययन गर्थे । अनुत्तीर्ण भएपछि उनी अध्ययनकै लागि कालिकोट गएको बताइन्छ । त्यहाँ पञ्चदेव उच्च माविमा ९ कक्षामा भर्ना भएका उनी मामासँग बस्थे । लेटाङमा भने शर्मा राजेन्द्र न्यौपानेको नामबाट परिचित थिए । पछि सुनील शर्माको नामबाट चिनिन थालेका थिए । 

कांग्रेसका मोरङ जिल्लास्थित एक नेताका अनुसार शर्मा नोबेल मेडिकल कलेजको सञ्चालक भएर आएपछि कांग्रेसको राजनीतिमा सक्रिय भएका हुन् । पछिल्लो समय उनी नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निकट मानिन्थे । कोइरालाकै सिफारिसमा शर्माले मोरङको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि टिकट पाएका थिए । 

नोबेल मेडिकल कलेजका तत्कालीन सञ्चालक डा. ज्ञानेन्द्र गिरी, नवराज पाण्डेलगायतलाई माओवादी शान्ति प्रक्रियामा आउनबित्तिकै काभ्रेमा लगेर कुटपिट गराएको आरोपसमेत उनीमाथि छ । २०६४ सालमा बिना सेयर नोबेलमा लगानीकर्ता बनेका शर्मा त्यसपछि विभिन्न प्रक्रियाबाट आफ्नो एकल स्वामित्वमा ल्याउन सफल भएका थिए । 

२०७३ सालमा नक्कली प्रमाण पत्रधारी चिकित्सकविरुद्ध सीआईबीले ‘क्वाक अपरेसन’ सञ्चालन गरेपछि शर्मा लामो समयसम्म जापान र दुबईमा लुकेर बसेका थिए । शर्माको आईएसीको सर्टिफिकेज भारतीय भएको बताइन्छ । उनले एमबीबीएस चीनबाट उत्तीर्ण गरेको दाबी गर्दै आएका छन् । 

सुनील शर्मा हालैमात्र ओशो तपोवन गई साता लामो ध्यान शिविरमा बसेर ओशो सन्न्यासी बनेका छन् । उनले स्वामी आनन्द अरूणबाट सन्न्यास धारणा गरी ओशो मालासमेत लिएका छन् । मोरङस्थित आफ्नो निर्वाचन क्षेत्रका सर्वसाधारणलाई निःशुल्क उपचार गराएर शर्मा निकै चर्चामा आएका थिए । उनले निःशुल्क एम्बुलेन्स उपलब्ध गराउनुका साथै मेडिकल कलेजमाफृत निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro