site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
निर्माण व्यवसायीले सेफ्टी हेल्मेट र ज्याकेट लगाएर सिटी जुलुस निकाले

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको दोस्रो चरणको आन्दोलनअन्तर्गत आज देशभरका निर्माण व्यवसायीहरूले काठमाडौं सेफ्टी हेल्मेट र ज्याकेट लगाएर सिटी जुलुस निकालेका छन् । उनीहरूले हातमा कालो पट्टी बाँधेका थिए ।

महासंघको निर्देशनबमोजिम ७७ जिल्लाबाट आएका निर्माण व्यवसायीहरू जुलुसमा सहभागी भएका हुन् । महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा महासंघ सचिवालय अनामनगरबाट सुरु भएको जुलुस संसद् भवन नयाँ बानेश्वर अगाडि कोण सभामा परिणत भएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कोण सभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष रवि सिंहले सरकारले व्यवसायीहरूका जायज माग पूरा नगरेका कारण बाध्य भएर दोस्रो चरणको आन्दोलन सुरु गर्नुपरेको बताए ।

महासंघका महासचिव रोशन दाहालले सामान्य तरिकाले राज्यले व्यवसायीहरूको समस्या नसुनेका कारण सिटी फुकेर ध्यानाकर्षण गराइएको बताए ।

 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  २०:४६
प्रतिक्रिया दिनुहोस्