site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वैदेशिक रोजगार विभागको अनलाइन सेवा सञ्चालन आउन अझै तीन दिन लाग्ने

काठमाडौं । वैदेशिक रोजगार विभागको अवरुद्ध भएको अनलाइन सेवा सञ्चालनमा आउने अझै तीन दिन लाग्ने भएको छ ।

विभागको अनलाइन प्रणालीको सर्भरमा समस्या आएसँगै मंगलबारदेखि सेवा अवरुद्ध रहेको छ । सर्भरको ‘एफईआईएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्न समय लागेकाले सर्भरमा फाइल माइग्रेट नभएसम्म सेवा अवरुद्ध नै रहने विभागका महानिर्देशक मदन दाहालले बताए । 

बुधबार पत्रकारहरूसँगको छलफल कार्यक्रममा उनले सर्भरमा डेटा ट्रान्सफरको काम नसकिएकाले अनलाइन सेवा चल्न अझै तीन दिन लाग्न सक्ने बताएका हुन् । उाले वैदेशिक रोजगारी सम्बन्धी सेवा सहज बनाउने काममा सिस्टम बाधक भएको पनि बताए । उनले सर्भर २०६४ सालको नै भएकाले समस्या आएको बताए ।

एफईआईएमएस प्रणालीमा फाइनल अपलोड नहुदाँ अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई समस्या भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro