site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पाँचजना छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक धरौटीमा छुटे
Sarbottam CementSarbottam Cement

विराटनगर । मोरङको जहदा गाउँपालिकास्थित एक विद्यालयका पाँचजना छात्रालाई यौन दुर्व्यवहार गर्ने शिक्षक धरौटीमा छुटेका छन् ।

जहदास्थित जनप्रिय आधारभूत विद्यालयका शिक्षक विकासकुमार साहविरुद्ध पाँचजना छात्राले उजुरी दिएका थिए । जिल्ला अदालत मोरङका न्यायाधीश राजेश्वर अर्यालको इजालासले साहलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

साहविरुद्ध बाल यौन दुर्व्यवहारसम्बन्धी छुट्टछुट्टै अभियोग दर्ता भएको थियो । थुनछेकपछि न्यायाधीश अर्यालको इजलासले पाँचवटा मुद्दामा जनही २० हजार रुपैयाँको दरले धरौटीमा छोड्न आदेश भएको अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए ।

अदालतले तोकेको धरौटी बुझाएर साह रिहा भएका छन् । साहले पछिल्लोपटक जेठ ३२ मा एक छात्रालाई यौन दुर्व्यवहार गरेको उजुरी जिल्ला प्रहरी कार्यालय मोरङमा परेको थियो । उनी असार ११ गते पक्राउ परेका थिए ।

Global Ime bank

विज्ञान विषयका करारका शिक्षक साहले कक्षा चारदेखि आठसम्म अध्यापन गराउँदै आएका थिए । उनले अलग अलग समयमा विद्यालयका पाँचजना छात्रालाई यौनजन्य दुर्व्यवहार गरेको भन्दै मुद्दा परेको थियो ।

दोस्रोपटक दुर्व्यवहार गरेको घटना बाहिरिएपछि उनीविरुद्ध पीडित छात्राका अभिभावकले प्रहरीमा उजुरी दिएका थिए । उनले होमवर्क नमिलेको भन्दै छात्राको सर्टभित्र हात लैजाने, नितम्ब सुम्सुम्याउने, चिमोट्ने जस्ता यौनजन्य दुर्व्यवहार गर्दै आएको उजुरी दिइएको थियो । घटनाबारे छात्राहरुले अभिभावकलाई बताएपछि घटना बाहिरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement