राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सदैव समावेशिताको पक्षमा रहेको बताएका छन् ।
२९औँ विश्व आदिवासी दिवसको सन्दर्भमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले अहिले मुलुकमा समावेशी संविधान बनेको र कांग्रेस पनि समावेशिताको पक्षमा उभिएको बताए ।
नेपाल जातजाति, भेषभूषा र कला संस्कृतिले पनि भरिपूर्ण रहेको र यी सबै कुराहरु देशको सम्पत्ति भएको उनले बताए । नेपालको कला संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै मुलुकलाई बहुसांस्कृतिक देशका रुपमा चिनाउनुपर्ने उनको धारणा छ ।
त्यस्तै, उनले संविधानमा उल्लेख समावेशिताको विषयलाई कांग्रेसले प्राथमिकतामा राखेको बताए ।
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८० १९:०८
प्रतिक्रिया दिनुहोस्