site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीको पालामा बनेको समितिले एक तोला सुन पत्ता लगाएन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्ड प्रकरणमा विगतमा संसदीय छानबिन समितिको प्रतिवेदनको कार्यान्वयन नभएको बताएका छन् । 

उनले आज प्रतिनिधिसभा बैठकमा सीआईबीलाई छानिबन दिनुको सट्टा बनाइएको संसदीय समिति निरर्थक भएको बताए  । ३३ किलो सुनको एक ग्राम पनि पत्ता लगाउन नसकेको उनले बताए ।

Dabur Nepal
NIC Asia

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालमा बनेको छानबिन समितिको प्रतिवेदनमा उल्लेखित सुनको अत्तोपत्तो नभएको बताए । 

“उच्चस्तरीय छानबिन समिति, संसदीय समिति पनि बनाएको हेर्‍यौँ हामीले सुन काण्डमा । त्यसको प्रतिवेदनको कुनै कार्यान्वयन भएन निरर्थक भयो,” उनले भने, “तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीको पालामा एउटा छानबिन समिति बनेको थियो । त्यो, छानबिन समितिको रिपोर्टमा के छ भने ७०–७४ सम्म ७ हजार ९ सय ९९ किलो सुन नेपाल भित्रियो । तर, त्यसको कुनै अत्तोपत्तो लागेन,” उनले भने । 

उनले ३३ किलो सुनमा १ तोला पनि पत्ता नलाएको बताए ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro