site stats
बाह्रखरी :: Baahrakhari
देश
कृष्णनगरका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा, डेढ करोड बिगो दाबी 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको कृष्णनगर नगरपालिकाका पाँचौँ तहका कर्मचारी साकिर अहमदविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा दायर गरेको मुद्दामा अहमदसँग एक करोड ५५ लाख ७९ हजार ६९५ रुपैयाँ बिगो दाबी गरिएको छ । अहमदले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।

Argakhachi Cement Island Ad

अनुसन्धानमा अहमद सरकारी सेवामा प्रवेश गरेको २०४८ माघ १५ गतेदेखि २०७८ असोज ३० गतेसम्मको अवधिमा एक करोड १६ लाख ५३ हजार ९५७ रुपैयाँ वैद्य आय गरेको देखिएको अख्तियारद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

सोही अवधिमा उनले गरेको खर्च र लगानी दुई करोड ७२ लाख ३३ हजार ६५२ रुपैयाँ देखिएको अख्तियारले जनाएको छ ।

उनले गरेको कमाइ र खर्चमध्ये एक करोड ५५ लाख ७९ हजार ६९५ रुपैयाँको वैद्यानिक स्रोत नदेखिएकाले मुद्दा दायर गरिएको विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्