site stats
बाह्रखरी :: Baahrakhari
देश
सेती नदीमा खसेर साइकलयात्री बेपत्ता

पोखरा ।  सेती नदीमा खसेर एक व्यक्ती बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बागलुङको बडिगाड गाउँपालिका घर भएका ३५ वर्षीय भक्तबहादुर राना रहेका छन् ।

पोखरा ३३ बागमाराबाट पटनेरीतर्फ साइकलमा आउँदै गरेका राना मंगलबार बिहान पोखरा २९ पटनेरीस्थित सेती नदीमा खसेर बेपत्ता भएका कास्की प्रहरीले जनाएको छ ।

Argakhachi Cement Island Ad

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले साइकलमा यात्रा गरिरहेका बागलुङ घर भएका राना सेती नदीमा खसेको सूचनापछि नदीमा खोजिरहेको जानकारी दिए ।

बागलुङको बडिगाड गाउँपालिका ३ राना पोखरा महानगरपालिका ३३ बागमारामा बस्दै आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्