राजनीति
काठमाडौं । प्रतिनिधिसभा सदस्य चन्द्रकान्त राउत (सीके राउत)ले जनतालाई पेलेर विकास नहुने बताएका छन् । मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वधार विकास समितिको बैठकमा राउतले यस्तो बताएका हुन् ।
“जनताको लागि विकास गर्ने हो । जनतालाई पेलेर विकास हुँदैन," सांसद राउतले भने, “तपाईँहरूसँग पैसा छ भन्दैमा स्थानीयलाई पेल्न मिल्दैन ।”
व्यावसायीले चाहँदैमा सबै कुरा राज्यले दिन नसक्ने पनि राउतले बताए ।
“हाइड्रोमा नै किन लगानी गर्न चाहनुहुन्छ ? व्यावसायीले चाहँदैमा सबै कुरा राज्यले दिँदैन,” सांसद राउत भने, “जनता केही पनि हैन भन्ने भावनाले व्यवसायी लाग्नु हुँदैन ।”
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८० १३:३९
प्रतिक्रिया दिनुहोस्