site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ल्हारक्याल लामा नियुक्तिको स्वामित्व कांग्रेसले बोक्दैन, हाम्रो विमति छ : विश्वप्रकाश शर्मा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने सरकारको निर्णयको स्वामित्व कांग्रेसले नबोक्ने बताएका छन् । 

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग महामन्त्री शर्माले सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा लामालाई नियुक्त गर्नुले गलत सन्देश प्रवाह भएको बताए । उनले विवादास्पद छविका लामाको नियुक्तिप्रति कांग्रेसको प्रस्ट विमति रहेको पनि बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"म यो विषयमा प्रष्ट विमति राख्न चाहान्छु । मैले रक्षामन्त्री र कानुनमन्त्रीसँग सम्पर्क गरेर ध्यानाकर्षण गराएको छु । यो निर्णय सरकारको निर्णय हो । यो निर्णयको स्वामित्व नेपाली कांग्रेस बोक्दैन," उनले भने । 

अर्को प्रसंगमा महामन्त्री शर्माले संसद् अवरुद्ध गरेर बाहिरबाट समाधान खोज्नु संसदीय प्रक्रिया नभएको बताए ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्