site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'क्विन्टल सुन प्रकरण'को अनुसन्धान गर्न एसपी थापाको नेतृत्वमा टोली गठन

काठमाडौं । एक क्विन्टल सुन बरामद प्रकरणको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको कमान्डमा टोली खटाएको छ ।

३ साउनमा त्रिभुवन विमानस्थल भन्सार पास गरेर बाहिरिँदै गरेको उक्त सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

सोही सुन प्रकरणको अनुसन्धान गर्न विभागको टोलीले आइतबार प्रहरीलाई जिम्मा दिएको हो । प्रहरीले अनुसन्धान जिम्मा पाएलगत्तै प्रहरी प्रधान कार्यालयले सीआईबीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

सीआईबीले सुन प्रकरणको अनुसन्धान गर्न एसपी थापाको कमान्डमा छुट्टै एक टोली गठन गरेर काम सुरु गरेको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए ।

सुन प्रकरणमा हालसम्म १८ जना पक्राउ परेका छन् । पक्राउ परेकालाई सीआईबीले आफ्नै हिरासतमा राखेर अनुसन्धान थालेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro