site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
उत्तराखण्ड पहिरो अपडेट : बेपत्ता खोज्न कुकुर परिचालन
Ghorahi CementGhorahi Cement

कञ्चनपुर । चार दिनअघि भारतको उत्तराखण्ड राज्यमा पर्ने रुद्रप्रयागको गौरीकुण्डमा बेपत्ता भएकाहरूको खोजीकार्य तीव्र पारिएको छ । सो स्थानमा नेपालीले सञ्चालन गरेका तीन होटेल पहिरोले बगाएको थियो ।

त्यसक्रममा कालीकोटका तीन पुरुषको शव भारतीय प्रहरीले फेला पारेको थियो । कालीकोटको मान्मका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको शव भेटिएको थियो ।

Dabur nepal
Agni Group

भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले ११ नेपाली अझै हराइरहेको जानकारी दिए ।

“११ नेपाली नागरिक पहिरोमा बेपत्ता भएको यकिन भएको छ, दुईजनाबारे आशंका मात्रै गरिएको छ,” उनले भने, “खोजीकार्यमा आइतबारदेखि भारतीय सुरक्षाकर्मीले तालिमप्राप्त कुुकुर समेत परिचालन गरेको छ ।”

दूतावासले भारतीय पक्षसित खोजीकार्यका लागि आवश्यक समन्वय र आग्रह गरिरहेको छ । वरिष्ठ प्रहरी उपरीक्षक चतुर्वेदीले खोजीकार्य तीव्र रूपमा भइरहेको जानकारी दिए । लगातार वर्षा भइरहेको र मन्दाकिनी नदीमा पानीको मात्रा बढेकाले खोजी गर्न समस्या भइरहेको उनको भनाइ छ ।

बेपत्ता नेपालीको खोजीका लागि परराष्ट्रमन्त्री एनपी साउदले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसित आग्रह गरेको वरिष्ठ प्रहरी उपरीक्षक चतुर्वेदीले जानकारी दिए ।

सो क्षेत्रमा लामो समयदेखि नेपाली नागरिकले घोडा चालक, होटेल व्यवसाय तथा मजदुरी गरी जीविका चलाउँदै आएका छन् । बेपत्ता भएकाहरू सबै जुम्ला घर भएकाहरू रहेको दूतावासले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu