site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अधिकांश वाणिज्य बैंकको वितरणयोग्य मुनाफा घट्दा सेयर मूल्यमा गिरावट

काठमाडौं । १५ वाणिज्य बैंकको सेयर मूल्य आइतबार ५० पैसादेखि १४ रुपैयाँसम्म घट्यो । अरू कारोबार दिन एक/दुई रुपैयाँ मात्र थपघट हुने गरेको थियो ।

देशमा २० वाणिज्य बैंक सञ्चालनमा छन् । त्यसमध्ये राष्ट्रिय वाणिज्य बैंक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत छैन । सूचीकृत १९ वाणिज्य बैंकमध्ये लक्ष्मी सनराइजको सेयर कारोबार रोक्का छ ।

आइतबार कारोबारमा आएका १८ मध्ये १५ वाणिज्य बैंकको सेयर मूल्य घटेको हो । आइतबारसम्म सबै वाणिज्य बैंकहरूले गएको आर्थिक वर्ष २०७९/८० सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

कुनै बैंकले राम्रो नाफा आर्जन गरेका भए पनि वितरणयोग्य मुनाफा बढाउन सकेका छैनन् । सोही कारण वाणिज्य बैंकका सेयरधनीले वितरणयोग्य मुनाफालाई हेरेर सेयर बिक्री गरेको देखिन्छ ।

आइतबार सर्वाधिक सेयर मूल्य घट्नेमा नेपाल एसबिआई बैंक छ । यो बैंकको सेयर मूल्य १४ रुपैयाँले घटेको थियो । वितरणयोग्य मुनाफा एक अर्ब ४१ करोड रुपैयाँ छ । अघिल्लो वर्षको अन्त्यसम्मको तुलनामा यो बैंकको वितरणयोग्य मुनाफा तीन प्रतिशतले घटेको छ ।

c11691387826.jpg

हिमालयन र कुमारी बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक छ । यी बैंकले यो वर्ष लाभांश वितरण गर्न सक्ने अवस्था छैन । हिमालयनको वितरणयोग्य मुनाफा ७१ करोड रुपैयाँ र कुमारी बैंकको वितरणयोग्य मुनाफा ८४ करोड रुपैयाँ ऋणात्मक छ ।

२० मध्ये ११ बैंकको वितरणयोग्य मुनाफा घटेको छ । वितरणयोग्य मुनाफा सर्वाधिक घट्नेमा प्राइम नेपाल इन्भेस्टमेन्ट मेगा, प्रभु, नेपाल बैंक रहेका छन् । यी बैंकको यस्तो नाफा ७० प्रतिशतभन्दा बढीले घटेको छ ।

c21691387847.jpg

मर्जरमा गएका अधिकांश वाणिज्य बैंकको अवस्था नाजुक 
गएको वर्ष मेगा, सेन्चुरी, एनसीसी, सिभिल, बैंक अफ काठमाण्डू र सनराइज बैंकको अस्तित्व समाप्त भयो । यी बैंकहरू अरू बैंकमा मर्जर वा एक्विजिसनमा गएका हुन् । यिनलाई समाहित गरेका बैंकहरूले नै गएको वर्षको अन्त्यसम्म खराब पफर्मेन्स गरेका छन् ।

एनसीसीलाई प्राप्त गरेको कुमारी बैंक त झन् लगानीकर्तालाई लाभांश दिने स्थितिमा छैन । यो बैंकले गत वर्षको अन्त्यसम्म दुई अर्ब २६ करोड रुपैयाँ नाफा आर्जन गरेको भए पनि वितरणयोग्य मुनाफा ऋणात्मक छ । लगानीकर्तालाई प्रतिफल दिन सक्ने अवस्थामा छैन ।

सेन्चुरीलाई प्राप्त गरेको प्रभु बैंकको अवस्था पनि उस्तै छ । यो बैंकको नाफा अघिल्लो वर्षको तुलनामा साढे ४८ प्रतिशतले वृद्धि भएको छ । तर, वितरणयोग्य मुनाफा ८४ प्रशितले घटेको छ । यसरी मर्जर तथा प्राप्तिमा गएका वाणिज्य बैंकहरू नै कमजोर देखिएका हुन् ।

प्राइम कमर्सियल बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक पनि यो वर्ष लाभांश दिन सक्ने अवस्थामा छैनन् ।

प्रतिसेयर आम्दानी तथा प्रतिसेयर नेटवर्थमा एनआईसी एशिया बैंक बलियो देखिएको छ । यो बैंकको लाभांश क्षमता करिब ३२ प्रतिशत छ । सबैभन्दा बढी लाभांश दिने क्षामता एभरेस्ट बैंकको छ । यो बैंकको लाभाश क्षमता साढे ४० प्रतिशत छ ।

c31691387863.jpg

गएको आर्थिक वर्षमा बैंकहरूले ७० अर्बभन्दा बढी नाफा आर्जन गरेका छन् । अघिल्लो वर्षको तुलनामा नाफा २५ प्रतिशतले वृद्धि भएको छ । खुद ब्याज आम्दानीबाट बैंकहरूले बढी आम्दानी गरेका छन् ।

नाफा बढी गरेका बैंकहरूले समयमा ऋण उठाउन सकेका छैनन् । यसले गर्दा बैंकहरूले प्रोभिजनमा रकम सञ्चित गर्नुपर्ने हुन्छ । बैंकहरूको खराब कर्जा गएको वर्ष उल्लेख्य वृद्धि भएको छ । यसरी खराब कर्जा बढ्दा पनि बैंकहरूलाई लाभांश बाँड्नमा असर परेको छ ।

यो पनि पढ्नोस्–

वाणिज्य बैंकहरूको नाफा ७० अर्बभन्दा बढी

साढे ४६ प्रतिशतले बढ्यो बैंकहरूको ब्याज आम्दानी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ११:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro