site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रदेश तहको संरचना तत्काल खारेज गरौँ : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशमा सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली लागु गरी प्रदेश तहको संरचना तत्काल खारेज गर्नुपर्ने बताएका छन् । 

आइतबार काठमाडौंमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा उनले आत्मसमर्पणवादी मानसिकताले मुलुकको स्वाधीनतामाथि गम्भीर प्रश्न उठिरहेको बताए ।

उनले देशले भोग्नुपरेको सम्पूर्ण समस्याको मूल जड सनातन धर्म, संस्कृति, राजसंस्था र एकात्मक राज्य प्रणाली भएको भाष्य गलत रहेको पनि बताए ।

"धर्म निरपेक्षता, गणतन्त्र र जातीय पहिचानमा आधारित संघीयता सम्पूर्ण रोग, भोक, अशिक्षा, गरिबी र पछ्यौटेपनको अचुक औषधि हो भन्ने भाष्य गलत हो,” उनले भने ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १६:३१
प्रतिक्रिया दिनुहोस्