site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
किन भयो गोलभेँडा अचाक्ली महँगो ? अझै बढ्न सक्छ मूल्य
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो समय गोलभेँडाको मूल्य निरन्तर वृद्धि भइरहेको छ । केही सातादेखि मूल्य बढेको हो । आज देशमा गोलभेँडाको औसत मूल्य प्रतिकिलो १६८ रुपैयाँ छ ।

काठमाडौं उपत्यकामा आपूर्ति कम हुँदा गोलभेँडाको मूल्य अत्यधिक वृद्धि भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

बजार मूल्य नपाएको भन्दै गएको असार ३ गते किसानले कालीमाटीस्थित सडकमा गोलभेँडा फालेका थिए । आफूले उत्पादन गरेको गोलभेँडाले प्रतिकिलो १० रुपैयाँ समेत मूल्य नपाएको किसानको गुनासो थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

अहिले गोलभेँडाको मूल्यवृद्धि सबैभन्दा बढी छ । पछिल्लो समय नेपालमा उत्पादित गोलभेँडा भारततर्फ समेत निर्यात गरिएको व्यवसायीको भनाइ छ । 

नेपालमा भन्दा भारतमा गोलभेँडाको मूल्य बढी छ । सोही कारण व्यापारीले गोलभेँडा भारततर्फ निर्यात गरेका हुन् ।

Global Ime bank

मूल्यमा ठूलो उतारचढाव किन ?
कालीमाटी फलफूल तथा तरकारी बजारकी गोलभेँडा व्यापारी तारादेवी मगरले तरकारीको मूल्यमा उतारचढाव आउनुको कारण उत्पादन भएको बताइन् । अघिल्लो वर्ष एउटा तरकारी धेरै खपत हुँदा अर्को वर्ष सबै किसानले त्यही नै उत्पादन गर्ने गरेकाले पनि यस्तो भएको उनको बुझाइ छ ।

भारतमा पनि गोलभेँडाको मूल्यवृद्धि अत्यधिक छ । एक महिनाअघि नेपालमा गोलभेँडा फालाफाल हुँदा भारततर्फ निर्यात गरिएको थिएन । अहिले करिब ७० प्रतिशत नेपाली गोलभेँडा भारततर्फ गइरहेको उनले बताइन् ।

नेपाली बजारमा आपूर्ति कम भइरहेको अवस्थामा भारततर्फ निर्यात गर्दा चर्को मूल्यवृद्धि भएको उनले उल्लेख गरिन् ।

उनका अनुसार अघिल्लो वर्ष यही समयमा गोलभेँडा प्रतिक्रेट दुई हजार रुपैयाँसम्म थियो । अहिले टनेलभन्दा बाहिरको गोलभेडा प्रतिक्रेट दुई हजार ५०० र टनेलभित्रको दुई हजार ८०० रुपैयाँमा बिक्री भइरहेको मगरले जानकारी दिइन् ।

“एक महिनाअघि नेपाली उत्पादन गोलभेँडा फालाफाल भयो । त्यो बेला भारतमा गएको थिएन । तर, अहिले नेपाली उत्पादन गोलभेँडा करिब ७० प्रतिशत भारतमा गइरहेको अवस्था हो । त्यसकारण मूल्य वृद्धि भएको हो,” उनले न्युज एजेन्सी नेपालसँग भनिन्, “भारत नभएको भए ५० रुपैयाँ किलोभन्दा माथि नजानु पर्ने हो । अघिल्लो वर्ष यही समयमा प्रतिक्रेट दुई हजारसम्म थियो ।”

अर्का गोलभेँडा व्यापारी द्वारिका अधिकारीले विगतको तुलनामा यो वर्ष तरकारी सस्तो रहेको बताइन् । तर, गोलभेँडा अत्यधिक महँगो भएको उनले सुनाइन् ।

गोलभेँडाले बजार मूल्य नपाउँदा सडकमा फाल्नुपर्ने भएकाले किसानले औषधि उपचार नगर्दा उत्पादन कम भएको उनको भनाइ छ । त्यसको असर बजारमा देखिएको उनको तर्क छ ।

“विगतको तुलनामा यो वर्ष तरकारी सस्तो रहेको छ । महँगो भनेको गोलभेँडा मात्रै हो । गोलभेँडा पनि १० रुपैयाँ केजीसम्म आएर किसानहरूले सडकमा फाल्न बाध्य भए,” उनले भनिन्, “सडकमा फाल्नुपर्ने भएकाले किसानले औषधि उपचार गरेनन् । रोग लाग्नाले उत्पादन कम भएकाले बजारमा कमी भएकाले महँगो भएको छ ।”

सरकारले तरकारीको निश्चित मूल्य तोकिदिनुपर्नेमा उनी जोड दिन्छिन् । त्यसो गरिए मात्र उपभोक्ताले सधैँ एउटै मूल्यमा तरकारी खरिद गर्न पाउने उनी बताउँछिन् ।

“काउली ३५ रुपैयाँ छ । अन्य तरकारीको उत्पादनमा वृद्धि भएको कारण मूल्य कमी आएको छ । बजारमा तरकारीको मूल्य घटबढ नहुनको लागि सरकारले उत्पादित तरकारीको निश्चित मूल्य तोकि दिए मात्रै उपभोक्ताले सधैँ एउटै मूल्यमा तरकारी खरिद गर्न पाउँछन् ।”

अर्का तरकारी व्यवसायी बद्रीलाल श्रेष्ठले गोलभेँडाको मूल्य पछिल्लो ३० वर्षको अवधिमा यो वर्षको जस्तो उतारचढाव नभएको बताए ।

कालीमाटी तरकारी बजारमा होलसेलमै गोलभेँडा प्रतिकिलो १२० रुपैयाँसम्म पुगेको उनले सुनाए ।

अझै बढ्न सक्छ मूल्य
गोलभेँडाका लागि यो ‘अफ सिजन’ भएकाले उत्पादन कम छ । निरन्तरको वर्षाले समेत उत्पादनमा कमी आएको सूचना अधिकारी श्रेष्ठले बताए ।

अहिले काठमाडौंमा उपत्यका र आसपासका क्षेत्रबाट मात्र गोलभेँडा आयात भइरहेको छ । उपत्यकानजिकका जिल्लाबाट पनि आपूर्ति घटेको उनले जानकारी दिए ।

“हाल काठमाडौंमा दैनिक ३०/३५ टन गोलभेँडा आयात भइरहेको छ । गत वर्ष यही समयमा ६०/६५ टन आयात हुन गरेको थियो,” उनले बाह्रखरीसित भने ।

उनका अनुसार तत्काल भारतबाट गोलभेँडा आयात हुने अवस्था छैन । सोही कारण गोलभेँडाको मूल्य अझै बढ्न सक्ने श्रेष्ठले बताए ।

“तत्काल बाहिर (भारत)बाट आउन सक्ने अवस्था छैन । निरन्तर भइरहेको वर्षाले उत्पादनमा पनि कमी आएको छ । जसले गर्दा आपूर्ति अझै घट्ने र मूल्यवृद्धि हुन सक्ने सम्भावना छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement