site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
वैदिक काल : कथ्य, तथ्य र सत्य

वैदिककालको कथ्य : 

ईसापूर्व १५०० देखि १००० ईसापूर्वसम्मलाई वैदिक (ऋग्वेद) काल मानिन्छ । ईसापूर्व  १००० देखि ६०० ईसापूर्वसम्म उत्तर वैदिककाल भनिन्छ । चार वेद ऋग्वेद, यजुर्वेद, सामवेद  र अथर्ववेद मध्ये ऋग्वेद सबैभन्दा पुरानो मानिन्छ । ऋग्वेदमा यस कालमा आर्यहरूको संस्कृति मध्यएशिया, अफगानिस्तानतिर रहेको पाइन्छ । यसमा अफगानिस्तानका कुभा (हालको नाम काबुल), क्रुम ( कुर्रम), गोमती ( गोमल), सुवास्तु (स्वात) आदि नदीहरूको उल्लेख पाइन्छ । यसैगरी ऋग्वेदमा 'सप्त सैन्धु प्रदेश' लेखिएको छ । यो क्षेत्र सिन्धु, सरस्वती, सतुद्रि (सतलज), विपासा (व्यास), परूषिनी (रावी), वितास्ता ( झेलम) र अस्किनी ( चेनाव) नदीको वरपर हाल अफगानिस्तान र पञ्जाबमा पर्छ । आर्यहरू अनेक कबिला र जनमा विभक्त थिए । तीमध्ये पञ्चजन अनु, द्रुम्हा, यदु, तुर्वसु र यदु प्रमुख थिए । यस बाहेक भरत, क्रिवी, तृस्सु, सुंजजस्ता खुँखार लडाकु पनि थिए । यिनीहरू आपसमै भिड्दै गर्थे । यिनीहरूको भाषा संस्कृत र सभ्यता ग्रामीण थियो । 

दशराज्ञ युद्ध : ऋग्वेदको सातौ मण्डलमा 'दशराज्ञ युद्ध'को उल्लेख छ । यो युद्धको मुख्यकारण भरतजनका राजा सुदासले आफ्नो कुल पुरोहितबाट विश्वामित्रलाई हटाएर वशिष्ठलाई नियुक्त गर्नु नै थियो । विश्वामित्र रिसाएर वरपरका दस जनहरूको संघ बनाएर भरतजनमाथि आक्रमण गरे । रावी नदीको किनारमा भएको यही युद्धलाई दशराज्ञयुद्ध भनिन्छ । यस युद्धमा राजा सुदासको नेतृत्वमा रहेका भरतजनले जिते । यो युद्ध जितेपछि उनीहरू पूर्वतिर बढ्दै गए र कुरूक्षेत्र पनि जितेर 'ब्रह्मावर्त' नाम राखे । यसपछि यिनीहरूले गंगा, यमुनामात्र नभई बिहारसम्म जिते र 'आर्यावर्त' नाम राखे । 

Prabhu Bank
Agni Group
NIC Asia

ऋग्वेद : ऋग्वेद भन्नाले श्लोकहरूको वेद भनेर बुझिन्छ ।  यसमा दस मण्डल रहेकोछ । दोस्रो मण्डलदेखि सातौं मण्डललाई पुरानो मानिन्छ । पहिलो र पछिल्लो तीन मण्डलपछि थपिएको मानिन्छ । यसमा रहेको मन्त्रहरूको संग्रहलाई सूक्त भनिन्छ । मन्त्रहरूको रचना विश्वामित्र, वामदेव, वशिष्ठ र भारद्वाजले गरेको मानिन्छ । यसको संकलन महर्षि कृष्ण द्वैपायन (वेदव्यास)ले गरेको विश्वास छ । तेस्रो मण्डलमा सूर्यको प्रार्थनामा 'गायत्री मन्त्र' रहेको छ । आठौं मण्डलको हस्त लिखित मन्त्रहरूलाई 'खिल' भनिन्छ । नवौं मण्डलमा 'सोमरस'लाई देउता बनाइएको छ । दसौं मण्डलमा 'वर्ण व्यवस्था' रहेको छ । ऋग्वेदमा इन्द्रको प्रशस्तिमा २५० मन्त्रहरू छन् भने अग्निदेव'को प्रशस्तिमा २०० मन्त्रहरू छन् । 

यजुर्वेद : यसमा यज्ञ गर्ने विधि विधान विस्तारपूर्वक उल्लेख छ । यो गद्य र पद्य दुवैमा छ । 

Global Ime bank

सामवेद : यसमा यज्ञ गर्ने बेलामा गाउने मन्त्र/गीतहरू रहेका छन् । भारतीय संगीतको स्रोत यसैलाई मानिन्छ । 

अर्थववेद : यो वेद अथर्वा ऋषिद्वारा रचित मानिन्छ । यसमा रोग निवारण, जादूटोना, तन्त्रमन्त्र, वशीकरण, प्रेमविवाह, अन्धविश्वास आदि पाइन्छ । यसमा छोरीको जन्मको निन्दा गरिएको पाइन्छ । 

ऋग्वेदकालको राज्य संयन्त्र : एतेरेव ब्राह्मण ग्रन्थका अनुसार राजाबिनाका आर्यहरू (जन)ले देवासुर संग्राममा हारेपछि राजा हुनुपर्दो रहेछ भनी राजाको चुनाव गर्न थाले । राजामा सेना सञ्चालन, न्याय र प्रशासन सञ्चालन गर्ने कार्यभार भए पनि पुरोहित र ग्रामीण रहने सभा समितिको नियन्त्रण हुनेगर्थ्यो । र पुरोहितहरू रहने सभाको भूमिका सल्लाहकारको हुन्थ्यो । युद्धको बेला समितिको समेत सल्लाह लिइन्थ्यो । कुल (परिवार) को नाइके कुलप(ति) हुन्थे । थुप्रै कुल मिलेर ग्राम (गाउँ) बन्थे । ग्रामको मुखियालाई 'ग्रामीण' भनिन्थ्यो । थुप्रै गाउँहरू मिलेर 'विश' बनाइन्थ्यो । विशको नाइकेलाई 'विशपति' भनिन्थ्यो । विशहरूको संगठनलाई 'जन' भनिन्थ्यो । जनको प्रधानलाई 'राजन' भनिन्थ्यो । जनहरू मिलेर राष्ट्र बन्थ्यो । राष्ट्रको प्रमुख राजा स्वयं हुन्थ्यो । युद्धमा पैदल सेना र रथ सेना हुन्थे । सैनिक धनुषवाण, फारसा र भाला चलाउँथे । 

कृषि र पशुपालन मुख्य पेसा थियो । धान, जौ, तील, मसुर आदिको खेती हुन्थ्यो । पशुपालनमा गाई र घोडा पाल्थे । यिनीहरू दुध, घिउ, सोम, आदि खान्थे । तर, असुरहरूले खाने भएकोले लसुन र प्याज वर्जित थियो । 

महर्षि कृष्ण द्वैपायन (वेदव्यास)  

वेदव्यास महर्षि परासर र माझी राजपुत्री कुमारी सत्यवती (मत्स्यगन्धा)का पुत्र हुन् । नदी तर्ने क्रममा एक्लै रहेकी माझीकन्या मत्स्यगंधाको यौवन देखेर मुग्ध भएका महर्षि परासरले कामाशक्त प्रकट गरेपछि आफ्नो शरिरबाट माछाको गन्ध हट्ने  र फेरि आफू कुमारी नै हुनुपर्ने सर्तमा सत्यवतीले आफूलाई सुम्पेको कथा महाभारतमा छ । उनीहरूको संसर्गबाट जन्मेको बच्चा कालो वर्णको रहेकोले कृष्ण द्वैपायन नाम राखे ।  शरीरबाट आउने माछाको गन्ध हटेपछि उनी पनि सत्यवती कहलिइन् । 

व्यासको जन्मभूमि नेपालको दमौलीस्थित शिवपञ्चायन मन्दिर रहेको ठाउँ मानिन्छ । मन्दिरको केही तल व्यासगुफा छ । त्यही बसेर व्यासले चारवेद र अठार पुराणको रचना गरेको किंवदन्ति त्यहाँ प्रचलित छ । व्यास गुफाको पारिपट्टि पराशर गुफा छ । 

मादी र सेती नदीको सङगमस्थल 'शुक्लामाहेन्द्री सङ्गम'लाई पराशर क्षेत्र भनिन्छ । दमौलीदेखि ८ किमि पूर्व छाब्दी बाराहीको मन्दिरदेखि करिब ५० मिटर पश्चिमपट्टिको कुण्डमा व्यासकी माता सत्यवतीको जन्म भएको जनश्रुति छ । माछाको पेटबाट जन्म भएकाले त्यस कुण्डको नाम मच्छेकुण्ड ('मत्स्यकुण्ड') रहन गयो । 

वैदिककालको तथ्य  

सायनले भाष्य गरेको ऋग्वेदको भोजपत्रको एउटा पाना अहिलेसम्म पाइएको वेदको पाण्डुलिपिमध्ये सबैभन्दा पुरानो प्रमाणको अवशेष मानिन्छ । तर, यो १४६४ वर्षमात्र पुरानो हो । 

सातौं शताब्दीमा हर्षवर्धनको शासनकालमा पुरानो त्रिपिटक खोज्दै चीनबाट नालान्दा आएका ह्वेनसङ्ग (भारत बसाइ सन् ६२९-६४५ ई) ले पनि आफ्नो नोटमा वेदको उल्लेख गरेका छन्। उनले ब्राह्मण (बमन, भिक्षु)हरूले चारवेद : साओ (जीवन विस्तार), फेन, पिङ्ग र सु (कला) पढ्ने कुरा उल्लेख गरेका छन् । उनले ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्वेदको नाम उल्लेख गरेका छैनन् । 

एघारौं शताब्दीमा भारत आएका अलबरूनीले आफ्नो किताव ‘तहकीक- ए-हिन्द’ (भारतको खोजी : रचनाकाल अप्रिल १०३० देखि डिसेम्बर १०३१) मा ब्राह्मणहरू वेद वाक्य घरका महिलाहरूले सुन्लान् भनी खेतबारीतिर गएर पाठ गर्थे भन्ने उल्लेख गरेका छन् । 

जेन्द अवेस्ता र ऋग्वेद : महर्षि जरथुश्त्र द्वारा प्रतिपादित फारसी (पारसी) धर्म ‘जेन्द अवेस्ता’ र ऋग्वेदमा धेरै समानता पाईन्छ । अग्निपूजा दुवै धर्म ग्रन्थको विशेषता हो । दीक्षा दिने, यज्ञ गर्ने विधि, जनै, मन्त्रको भाषा आदि जेन्द अवेस्ता र ऋग्वेदमा काफी मिल्दोजुल्दो छ । आर्य सभ्यताको उद्गमस्थल र जेन्द अवेस्ताको लेखन स्थल मध्यएसिया हुनु र भारोपेली भाषा बोल्ने भएकाले पनि समान भएको हुनसक्छ । 

वैदिक कालको सत्य :

१. वैदिक कालको अस्तित्व सिद्ध गर्ने कुनै प्रमाण पुरातात्विक उत्खननबाट पाइएको छैन । 

२.  लिखतमै पनि सायनले भाष्य गरेको भोजपत्रमा लेखिएको ऋग्वेदको १ पानामात्र पाइएको छ जुन सन् १४६४ तिरको मानिन्छ । त्यसभन्दा अघिको प्रमाण भेटिएको छैन । 

३. सिन्धुघाटी सभ्यताको भाषा बुझ्न सकिएको छैन । त्यसपछि भनिने वैदिककालमा संस्कृत भाषा र देवनागरी लिपी चलन चल्तीमा रहेको हो भने पनि त्यसको पुरातात्विक वा लिखित प्रमाण पाइएको छैन । बुद्ध कालदेखि दसौं शताब्दीसम्म पाली भाषा र धम्म (ब्राह्मी) लिपि पुरातात्विक उत्खनन्, ग्रन्थ र लिखत आदि व्यापकरूपमा पाइएको छ । र पाली भाषामा ऋग्वेदको "ऋ" शब्दसमेत लेख्न सकिँदैन । 

४. लगभग एउटै क्षेत्रमा देखिएको सिन्धुघाटी सभ्यतामा मोहनजो डारोजस्तो विकसित सहरी सभ्यता पछिको भनिएको वैदिक सभ्यता किन ग्रामीण सभ्यता हुनगयो आश्चर्यको विषय छ । विकासक्रम त प्रतिगामी नहुनुपर्ने हो । 

५. सनातन (परम्परादेखि अहिलेसम्म चलिआएको) वैदिक धर्मको निरन्तरता पाइँदै । न सिन्धुघाटी सभ्यतमा न नै बुद्धकालमा नै वैदिक धर्म पाइन्छ । त्यसैले कतिपय विद्वान्हरू वैदिक (ऋग्वेद) काल थियो भन्नेमै शंका गर्छन् । (विभिन्न स्रोतहरूबाट सङ्कलित)

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १३:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement