1691229849.jpg)
काठमाडौं । तीन महिनामा १४ हिमाल चढेर विश्व कीर्तिमान कायम गरेका दुई पर्वतारोहीलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले यही साउन ११ गते विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका थिए ।
आरोहण सकेर नेपाल फर्कने क्रममा उनीहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले विमानस्थलमा स्वागत गरिन् । सांस्कृतिक बाजागाजासहित उनीहरूलाई भव्य स्वागत गरिएको थियो ।
पाकिस्तानमा रहेको केटु हिमाल ब्रोडपिक (८,६११ मिटर)को हरिला र शेर्पाले साउन ११ गते बिहान १०ः४५ बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जनाएको छ ।
उक्त हिमालको सफल आरोहणसँगै क्रिस्टिन र तेन्जेनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल तीन महिनामा सफल आरोहण गरी कीर्तिमान बनाएको कम्पनीको भनाइ छ ।
थप तस्बिर हेर्नोस्–