site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘क्विन्टल सुन प्रकरण’मा प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ सदनमा सुन्नुपर्छ : महामन्त्री शर्मा
फाइल तस्बिर।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले नक्कली सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीले संसद् बैठकमा जवाफ दिनुपर्ने बताएका छन् ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ संसद् बैठकमा खोज्नुपर्ने बताए । प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ सुन्ने अधिकार सिंगो संसद्को भएको भन्दै अविलम्व संसद् सुचारु हुनुपर्ने उनले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सुन प्रकरणको गहिराइमा गएर छानबिन हुनुपर्ने बताउँदै उनले छानबिनको माग गर्दै संसद् बैठक अवरुद्ध गर्नु समस्याको समाधान नभएको बताए । उनले छलफलबाट समाधानमा पुग्नुपर्ने धारणा राखे ।

“राज्य व्यवस्था समितिको ध्यान अवरुद्ध भएको संसद् खोल्न हुनुपर्छ । त्यो संसद्मा मन्त्री र प्रधानमन्त्रीहरुले त्यहाँ पनि जवाफ दिनुपर्छ । यहाँ पनि बोलाउने अधिकार छ । नबोलाउने कुरै छैन,” उनले भने, “तर त्यहाँ जवाफ दिनुपर्छ । छानबिन गहिराइमा हुनुपर्छ । छानबिन गर्ने कार्य माग गर्नका लागि आवेगका साथ बल प्रयोगबाट समाधान होइन, छलफलबाट समाधानमा पुग्नुपर्छ ।”

विमानस्थलबाट सरकारको कमजोरीका कारण सुन तस्करी भएको भन्दै सिनामंगल चोकमा सरकारले नै सुन समातेको पनि उनले उल्लेख गरे ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १८:४३
प्रतिक्रिया दिनुहोस्