site stats
बाह्रखरी :: Baahrakhari
देश
‘क्विन्टल सुन प्रकरण’को अनुसन्धान हामी गर्छौँ : सीआईबी प्रमुख बज्राचार्य

काठमाडौं । यही साउन ३ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब एक क्विन्टल सुनको अनुसन्धान अब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार उक्त सुन प्रकरणको अनुसन्धान सीआईबीलाई दिन निर्देशन दिएका थिए । सोहीअनुसार अब अनुसन्धान सीआईबीले अघि बढाउने भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“प्रधानमन्त्रीज्यूले अनुसन्धान सीआईबीले गर्न निर्देशन दिनुभएको छ,” सीआईबी प्रमुख किरन बज्राचार्यले बाह्रखरीसँग भनिन्, “राजस्व अनुसन्धान विभागबाट फाइल आउनेबित्तिकै हामी अनुसन्धान सुरु गर्छौँ ।”

राजस्व अनुसन्धान विभागले साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट उक्त सुन पास भइसकेपछि बरामद गरेको थियो । 

‘ब्रेक सु’मा आएको सुन अहिले नेपाल राष्ट्र बैंकले राखेको छ । ब्रेक सुसहित सुनको तौल १५५ केजी रहेको छ ।

हङकङबाट आएको उक्त सुन राजस्व ठगीसँग मात्र सम्बन्धित नभएर अन्तरदेशीय अपराध र संगठित अपराधसँग पनि सम्बन्धित भएकोले अनुसन्धान गर्ने जिम्मेवारी सीआईबीलाई दिइएको उनले बताइन् ।

“अब हामी सुन तस्करीका विषयमा विस्तृत अनुसन्धान गर्छौँ । सुनको कनेक्सन कहाँ कहाँ छ, सबै अनुसन्धान गर्छौँ,” सीआईबी प्रमुख बज्राचार्यले भनिन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्