site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाली खेलाडी, जो विदेशी लिगमा खेल्छन्
SkywellSkywell

काठमाडौं । फुटबल र क्रिकेट नेपाली खेलकुद क्षेत्रका दुई सर्वाधिक लोकप्रिय खेल हुन् । फुटबल पछ्याउनेहरुका लागि युरोपका शीर्ष लिग सधैँ चासो र चर्चाको विषय बनिरहेको हुन्छ । यसैकारण स्पेनिस ला लिगा, इंग्लिस प्रिमियर लिग, बुन्डेसलिगा, इटालियन सिरी  ‘ए’ र फ्रेन्च लिग वानका क्लबहरुलाई पछ्याउने नेपाली समर्थकको जमात ठूलै छ ।

क्रिकेट पछ्याउनेहरुमाझ इन्डियन प्रिमियर लिग (आईपीएल), बिग बास लिग (बीबीएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल) र पाकिस्तान सुपर लिग (पीएसएल) जस्ता फ्रेन्चाइज क्रिकेट लिगहरु चर्चित छन् । पछिल्लो समय नेपाली क्रिकेटको सफलताले पनि समर्थकमाझ यो खेलप्रतिको चासो अस्वभाविक रुपले बढेको छ ।

फुटबल पछ्याउनेहरु माझ सरुवा बजारको र क्रिकेट पछ्याउनेमाझ ‘अक्सन’ ठूलै महत्व राखिरहेको हुन्छ । नेपाली खेलाडीसँग सम्बन्धित नभए पनि कुन खेलाडीलाई कुन क्लबले कतिमा अनुबन्ध गर्यो, क्लबले सम्झौता नवीकरण गर्यो वा फुकुवा गर्यो, अक्सनमा न्यूनतम मूल्यभन्दा बोली कति बढी लाग्यो जस्ता कुराहरुमा नेपाली समर्थकको सधैँ गहिरो चासो हुने गर्छ ।

Dabur Nepal
NIC Asia

विदेशी खेलाडीको सम्झौता र ‘अक्सन’ हेर्दै गर्दा पछिल्लो समय विदेशी लिगमा खेल्ने नेपाली खेलाडीको ग्राफ पनि बढ्दै गइरहेको छ । ‘नेपाली खेलकुदमा भविष्य छैन’ भन्ने भाष्य निर्माण भइरहेका बेला केही खेलाडी भने खेलकुदबाटै विश्वभर चर्चित बनेको उदाहरण छन् । क्रिकेटमा सन्दीप लामिछाने पछिल्लो समय विदेशी फ्रेन्चाइज लिगबाट चर्चित बनेका ‘हट टपिक’ हुन् । उनीसँगै पूर्वकप्तान पारस खड्का, सोमपाल कामी, करण केसी, कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले विदेशी लिग खेल्ने नेपाली क्रिकेटरमा आफ्नो नाम लेखाइसकेका छन् ।

इतिहास लामो रहेकाले फुटबलमा हालसम्म कति खेलाडीले विदेशी लिग खेले भन्ने यकिन तथ्यांक छैन । तर, दर्जनभन्दा धेरै नेपाली खेलाडीले विदेशी लिग खेलिसकेका तथ्यहरु रहेका छन् । हाल नेपाली टिममा रहेका रोहित चन्द, किरण चेम्जोङ, अनन्त तामाङ, मनिष डांगी, अञ्जन बिष्ट र विमल घर्तीमगरले विदेशी लिगको अनुभव लिइसकेका छन् । महिला फुटबलमा सावित्रा भण्डारी ‘साम्बा’, सरु लिम्बु, दीपा शाही, रेनुका नगरकोटेसँगै धेरै खेलाडीले आई लिग र भारतीय महिला सुपर लिग खेलिसकेका छन् ।

यसै सन्दर्भमा बाह्रखरीले तयार पारेको हाल चर्चित विदेशी लिग खेलिरहेका फुटबल र क्रिकेटका ६ नेपाली खेलाडीको संक्षिप्त जानकारी यस्तो छ ।

क्रिकेट

सन्दीप लामिछाने

नेपाली खेलकुदले पाएको हालसम्मकै चर्चित खेलाडी हुन् सन्दीप लामिछाने । क्रिकेटमार्फत विश्वका सबैजसो फ्रेन्चाइज लिग खेलिसकेका सन्दीप नेपाली खेलकुदको ‘ब्रान्ड’ बनिसकेका छन् । सन्दीप इन्डियन प्रिमियर लिग (आईपीएल), बिग बास लिग (बीबीएल), क्यारेबियन लिग र पाकिस्तान सुपर लिग (पीएसएल) जस्ता चर्चित फ्रेन्चाइज क्रिकेट लिग खेल्ने पहिलो र हालसम्मका एकमात्र क्रिकेटर हुन् ।

लेगब्रेक गुगलीलाई बलिङ शैली बनाएका सन्दीप हाल क्याडनाको ग्लोबल टी–२० खेलिरहेका छन् । सन्दीपलाई सुर्ये ज्यागवार्सले अनुबन्ध गरेको हो । सन्दीपले हालसम्म एक दर्जनभन्दा धेरै विदेशी क्लबबाट फ्रेन्चाइज क्रिकेट खेलिसकेका छन् ।

सन् २०१८ मा नेपाली क्रिकेट टिमबाट ‘डेब्यू’ गरेका सन्दीप नेपालबाट सबैभन्दा धेरै विकेट लिने खेलाडी समेत हुन् । उनले हालसम्म ट्वान्टी–२० अन्तर्राष्टिय क्रिकेटमा ८५ र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ८५ विकेट लिइसकेका छन् ।

दीपेन्द्रसिंह ऐरी

नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र क्यानडाको ग्लोबल टी–२० बाट पहिलोपटक विदेशी फ्रेन्चाइज लिगको अनुभव लिँदैछन् । सन् २०१७ देखि नेपाली राष्ट्रिय टिमको नियमित सदस्य बनेका दीपेन्द्र हाल ग्लोबल टी–२० मा मोन्ट्रियल टाइगर्सबाट खेलिरहेका छन् ।

उनी नेपालबाट सन्दीप, पारस खड्का, सोमपाल कामी र करण केसी र कुशल मल्लपछि विदेशी फ्रेन्चाइज लिग खेल्ने खेलाडी हुन् । उनले नेपाली टिमबाट हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ८५७ रन र ३६ विकेट लिएका छन् । यस्तै, ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार १०३ रन र २१ विकेट लिएका छन् ।

फुटबल

रोहित चन्द

नेपाली फुटबलले पाएको अहिलेसम्मकै सफल खेलाडीको रुपमा चिनिन्छन् रोहित । सन् २००९ देखि २०१० सम्म मछिन्द्र फुटबल क्लबबाट नेपाली घरेलु लिग खेलेका रोहित त्यसयता निरन्तर विदेशी लिगमा छन् । उनले हालसम्म भारत, मलेसिया र इन्डोनेसियन क्लबबाट व्यावसायिक फुटबलको अनुभव लिइसकेका छन् । सन् २००९ देखि नेपाली राष्ट्रिय फुटबल टिमको नियमित सदस्य बनेका ३१ वर्षीय रोहितले हालसम्म ८० क्याप जितिसकेका छन् ।

उनी हाल इन्डोनेसियन क्लब पर्सिक केडिरीबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । विगत एक दशकदेखि इन्डोनेसियन फुटबलको अनुभव लिइरहेका रोहितको त्यहाँ राम्रो ‘फ्यान फलोइङ’ छ । ट्रान्सफर मार्केटका अनुसार हाल रोहितको मार्केट भ्यालू तीन लाख युरो रहेको छ ।

किरण चेम्जोङ

नेपाली फुटबलबाट चर्चाको शिखरमा पुगेको अर्को नाम हो– किरण चेम्जोङ । सन् २००८ देखि नेपाली राष्ट्रिय टिमको गोलपोस्ट सम्हाल्दै आएका ३३ वर्षीय किरण हाल नेपाली टिमको कप्तानसमेत हुन् । उनी हाल इन्डियन सुपर लिग (आईएसएल) को क्लब पञ्जाब फुटबल क्लबमा अनुबन्धित छन् ।

राउन्डग्लास पञ्जाबको नामबाट आई लिग खेल्ने पञ्जाब यसै सिजन आईएसएलमा बढुवा भएको हो । पञ्जाबले आईएसएलको यात्रा तय गर्दा किरणले पहिलो गोलकिपरको भूमिका निभाएका थिए । र, पञ्जाबले आईएसएलका लागि पनि किरणलाई गोलकिपरमा निरन्तरता दिएको छ । पञ्जाबले आई लिगको उपाधि जित्दा किरण प्रतियोगिताकै उत्कृष्ट गोलकिपर घोषित भएका थिए । ट्रान्सफर मार्केटअनुसार अहिले किरणको मार्केट भ्यालू एक लाख ५० हजार युरो रहेको छ ।

सावित्रा भण्डारी (महिला फुटबलर)

दक्षिण एसियाकै उत्कृष्ट फरवार्डमा गनिने सावित्रा भण्डारी इजरायली क्लब होपाइल रानाना महिला फुटबल क्लबसँग आवद्ध भएकी छन् । इजरायल प्रस्थानका लागि युवा तथा खेलकुद मन्त्रालयले साउन ३ गते एक कार्यक्रमको आयोजना गर्दै बिदाई गरे पनि हालसम्म उनी त्यसतर्फ गएकी भने छैनन् । सावित्रालाई रानानाले एक सिजनका लागि अनुबन्ध गरेको हो । सावित्रा र क्लबबीचको रकम भने हालसम्म सार्वजनिक भएको छैन ।

इजरायल भौगोलिक हिसाबले एसियामा रहे पनि युरोपेली फुटबल महासंघ (यूईएफए)को सदस्यता लिएका कारण एएफसीको नभई यूईएफएको सदस्य राष्ट्र हो । यसैकारण सावित्रा नेपालबाट युरोपेली फुटबल टिमको अनुभव लिने राष्ट्रिय महिला टिमकी पहिलो सदस्य बन्दै छिन् ।

मनिष डांगी

नेपाली राष्ट्रिय फुटबल टिमका युवा विंगर मनिष डांगी हाल थाइल्यान्डको लिगमा आबद्ध छन् । उनी थाइल्यान्डको दोस्रो डिभिजनको क्लब रायोङ एफसीमा अनुबन्धित भएका हुन् । रायोङले साउन १५ गते सामाजिक सञ्जालमार्फत मनिषलाई क्लबमा भित्र्याएको जनाएको हो ।

तर, क्लबले हालसम्म मनिषसँगको सम्झौता रकम भने खुलाएको छैन । उनी थाइल्यान्डको लिग खेल्ने दोस्रो नेपाली खेलाडी समेत हुन् । मनिषअघि नेपालका पूर्वगोलकिपर उपेन्द्रमान सिंहले थाइल्यान्डको दोस्रो र शीर्ष डिभिजन लिगसमेत खेलेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ०७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu