site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्राइम कमर्सियल बैंकको कामु सीईओमा मानन्धर नियुक्त

काठमाडौं । प्राइम कमर्सियल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सञ्जीव मानन्धर नियुक्त भएका छन् । बुधबार सम्पन्न सञ्चालक समितिको बैठकबाट मानन्धरलाई कामु सीईओमा नियुक्त गरिएको हो ।

यसअघिका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको कार्यकाल यही साउन १६ गते सकिएको थियो ।

सञ्जीव स्थापनाकालदेखि नै सो बैंकमा महाप्रबन्धकका रूपमा कार्यरत थिए । कामु सीईओ मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्षभन्दा लामो अनुभव रहेको छ ।

तत्कालीन नेपाल इन्भेस्टमेन्ट बैंकबाट बैंकिङ करिअर सुरु गरेका मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आबद्ध रही कार्य गरिसकेका छन् ।

अवकाशप्राप्त मानन्धर विगत १६ वर्षदेखि प्राइम कमर्सियल बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro