site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ग्लोबल आइएमई बैंक र डिप्रोक्स नेपालद्वारा डिजिटल कारोबारका लागि सहकार्य

काठमाडौं । ग्लोबल आइएमई बैंक र डिप्रोक्स नेपालबीच डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न समुन्नति डिजिटल फाइनान्स परियोजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

हस्ताक्षरप्रश्चात् डिजिटल माध्यमबाट वित्तीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्य राखी डिप्रोक्स नेपालले सञ्चालन गर्ने कार्यक्रममा बैंकको सहभागिता रहने बताइएको छ ।

परियोजनाअन्तर्गत लुम्बिनी प्रदेशको दाङ, रोल्पा र रुकुम–पूर्व जिल्लाहरूको शान्तिनगर, दंगीशरण, त्रिवेणी, रुन्टीगढी, परिवर्तन, थबाङ, भूमे र पुथाउत्तरगंगा गरी आठ स्थानीय तहमा सहकार्य हुने बताइएको छ ।

Dabur Nepal
NIC Asia

बेलायतस्थित प्राक्टिकल एक्सन र डिप्रोक्स नेपालको साझेदारीमा सञ्चालन हुने कार्यक्रमा पनि बैंकको सहभागिता हुने बैंकले जानकारी दिएको छ ।

बैंकसँगको सहकार्यमा हुने डिजिटल कारोबारले लक्षित समुदायको समय, श्रम र खर्चमा बचत हुने विश्वास छ । यस परियोजनामा आवद्ध घरधुरीहरू तरकारी, दूग्ध उत्पादन, ओखर, सुन्तला खेती र बाख्रापालन व्यवसायमा संलग्न छन् ।

परियोजनामा आवद्ध पाँच हजार ५०० घरधुरीमध्ये ८० प्रतिशत सहभागीहरू महिला हुने बताइएको छ । बाँकी २० प्रतिशत विभिन्न सीमान्तकृत परिवारबाट सहभागी हुनेछन् । यसै भित्रबाट तीन प्रतिशत समुदाय अपाङ घरपरिवार पनि हुने हुँदा परियोजनाले परिलक्षित समुदायमा समावेशी वित्तीय पहुँच स्थापित हुने विश्वास बैंकले लिएको छ ।

साथै, यी क्रियाकलापमा सहजीकरण गर्न परियोजनाले ८० जना महिला डिजिटल च्याम्पियन परिचालन गरेको छ । बैंकसँगको सहकार्यमा वित्तीय शिक्षा, डिजिटल साक्षरता, महिला सशक्तीकरणका तालिम सञ्चालन गरी मोबाइल बैकिङ, डिजिटल बैंकिङ, कृषि ऋण र समावेशी वित्तीय पहुँचका लागि योगदान हुने विश्वास बैंकले लिएको छ ।

बैंकले समय सापेक्ष रूपमा विभिन्न संघ–संस्थाहरूसँग यस किसिमका सम्झौताहरू गरी आर्थिक गतिविधिमा आफ्नो अग्रसरता जनाउँदै आएको छ ।

ग्लोबल आइएमई बैंकले ७७ वटै जिल्लामा ३५९ शाखा कार्यालय, ३६७ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro