site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
व्यवसायजन्य स्वास्थ्य सुरक्षाको सर्वेक्षण प्रतिवेदन सार्वजनिक
Dabur Nepal
NIC Asia

विराटनगर । उद्योग संगठन मोरङले व्यवसायजन्य स्वास्थ्य सुरक्षाको अवस्था र गर्नुपर्ने सुधारका विषयमा गरेको सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ । व्यवसायजन्य स्वास्थ्य सुरक्षाका तय मापदण्डलाई आधार बनाएर सर्वेक्षण गरिएको थियो ।
 
बुधबार प्रतिवेदन सार्वजनिक कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले असल उत्पादनका अभ्यास र व्यवसायजन्य स्वास्थ्य सुरक्षाको अन्तरसम्वन्ध हुने बताए । वर्तमान कार्यसमितिले असल उत्पादनका अभ्यासलाई प्राथमिकता राखेर सोही अन्तर्गतका गतिविधिलाई वढावा दिने स्पष्ट पारे । उनले व्यवसायजन्य स्वास्थ्य सुरक्षा उत्पादकत्व अभिवृद्धि, दुर्घटना न्यूनीकरण र मानिसको स्वास्थ्यसँग प्रत्यक्ष सम्वन्ध राख्ने भएको वताउँदै आगामी दिनमा संगठनका तर्फबाट उद्योग प्रतिष्ठानहरूमा जनचेतनामूलक कार्यक्रम संचालन गरी सुधारका पक्षमा ध्यान केन्द्रित गरिने जानकारी दिए । 

सर्वेक्षक विजु थपलियाले प्रतिवेदन प्रस्तुत गर्दै स्वास्थ्य सुरक्षाका लागि व्यवहारिक पक्षहरु सुधार गर्नुपर्नेमा जोड दिए । उनले व्यवसायजन्य स्वास्थ्य सुरक्षाका सन्दर्भमा व्यवस्थापकिय तह र श्रमिक तहमा चेतनास्तर फरक रहको वताउँदै जोखिम न्यूनीकरण, श्रमिकको सुरक्षा चेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । स्वास्थ्य कार्यस्थल निर्माण संस्कृति विकासका लागि उद्योग प्रतिष्ठानहरूले आपतकालीन सुरक्षा योजना बनाउनु पर्नेमा जोड दिए । 

संगठनले ‘इन्स्योर परियोजना’को सहकार्यमा गरेको सर्वेक्षणका आधारित रही निकट भविष्यमा यस क्षेत्रको संगठनको सदस्य उद्योग प्रतिष्ठानहरूमा व्यवसायजन्य स्वास्थ्य सुरक्षा अडिट गर्नेछ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro