site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको छ ।

केन्द्रीय समिति बैठकअघि बुधबार पार्टी कार्यालय पेरिसडाडामा बसेको माओवादी स्थायी कमिटी बैठकले समावेशिताको सुनिश्चितताका लागि विधान संशोधन गर्दै केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीमा केही विधानविपरीत भएकाले संशोधन गर्न लागिएको र थप केही महिला, समावेशी, केही युवा तथा छुटेका सिनियर नेताहरुलाई केन्द्रीय समितिमा ल्याउने जानकारी दिए ।

त्यस्तै, स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय समेत गरेको उनले बताए ।

Global Ime bank

केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीति अवस्थाको बिफ्रिङ गर्दै राजनीतिक प्रतिवेदन पेस गर्ने र सदस्यहरुले धारणा राख्ने क्रम सुरु हुने महराले जानकारी दिए । माओवादी केन्द्रको पाँचदिने केन्द्रीय समिति बैठक बुधबारदेखि नै काठमाडौंमा सुरु हुँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ११:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement