site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
धूमपानविरुद्धको अभियानमा चार राष्ट्रको मात्र साथ : डब्ल्यूएचओ

जेनेभा । विश्व स्वास्थ्य संगठनले धूमपानविरुद्धको अभियानमा केवल चार देश – ब्राजिल, मरिसस, नेदरल्याण्डस् र टर्कीले साथ दिएको बताएको छ । धूमपानले निम्त्याउने अकल्पनीय क्षतिविरुद्धको लडाइँमा सिफारिस गरिएका सुर्ती विरोधी सबै उपाय ती देशले अपनाएका उक्त संस्थाले सोमबार बताएको छ ।

पछिल्लो एक प्रतिवेदनअनुसार डब्ल्यूएचओले आफ्ना सदस्य सबै राष्ट्रलाई सुर्तीजन्य पदार्थको प्रयोग कम गर्न, सूर्ति र सुर्तीजन्य उत्पादनको विज्ञापनमा प्रतिबन्ध लागु गर्न, चुरोटका बट्टामा स्वास्थ्य चेतावनी जारी गर्न, सुर्तीजन्य कर बढाउने र यो घातक अम्मल छोड्न चाहनेहरूलाई सहयोग गर्न सुझाएकामा त्यसको ब्राजिल र टर्कीले पालना गरेकामा अब मरिसस र नेदरल्यान्ड्स त्यसमा थपिएका छन् । चारवटै देशले डब्ल्यूएचओका सुर्तीविरोधी सबै सिफारिस कार्यान्वयन गरेको छ ।

Dabur Nepal
NIC Asia

डब्ल्यूएचओले पाँच अर्ब ६० करोड  मानिस अब कम्तिमा सुर्ती नियन्त्रणको एउटा उपायद्वारा सुरक्षित भएको बताएको छ भने सन् २००७ मा अभिलेख गरिएको २२.८ प्रतिशत धूमपानको दर २०२१ मा १७.० प्रतिशतमा झरेको बताएको छ । यो कमी नभएको भए अहिले ३० करोड थप गर्नेहरू हुने थिए ।

“बिस्तारै तर धेरै मानिस सुर्तीजन्य पदार्थको हानिबाट जोगिएका छन्,” डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले भनेका छन् । डब्ल्यूएचओ सुर्तीजन्य पदार्थको प्रकोपबाट जोगाउने राष्ट्रिय प्रयासमा सघाउन तत्पर रहेको पनि उनले उल्लेख गरेका छन् ।

८७ लाख वार्षिक मृत्यु
धूमपान रोकथाम गर्न सकिने मृत्युको प्रमुख कारण बनेको छ ।  धूमपानका कारण प्रत्येक वर्ष ८७ लाख  मानिसको मृत्यु हुने गरेको छ भने अर्काले उडाएको धुँवामा सास फेर्दा १३ लाख जनाले ज्यान गुमाउने गरेका छन् ।

डब्ल्यूएचओका अनुसार इथियोपिया, इरान, आयरल्याण्ड, जोर्डन, मदगास्कर, मेक्सिको, न्यूजील्याण्ड र स्पेनसहितका आठ देश सुर्ती नियन्त्रणमा सामेल हुन एक कदम पछि छन् । चवालीस देशका दुई अर्ब ३० करोड मानिस डब्लूएचओको तमाखु विरोधी उपायको परिपालनाबाट विमुख छन् । विश्वका ५३ देशका स्वास्थ्य सेवा प्रदायक केन्द्रमा नै धूमपान निषेध छैन ।

डब्ल्यूएचओको प्रतिवेदनले विद्युतीय अर्थात् ई–सिगरेटको धेरै कम नियमनको व्यवस्था गरिएकामा त्यसको निन्दा गरेको छ । विश्वव्यापी रूपमा, एक सय २१ देशले ई–सिगरेटलाई सम्बोधन गर्ने केही उपाय अपनाएका छन् ।

विश्वव्यापी जनसङ्ख्याको लगभग एक तिहाइ बसोबास गर्ने ७४ देशमा सुर्तीजन्य उत्पादनहरूलाई सम्बोधन गर्ने  कुनै नियम छैनन् भने ती मुलुकका सार्वजनिक स्थानमा धूमपानमा प्रतिबन्ध छैन । चुरोटका बट्टामा स्वास्थ्य चेतावनी राखिएको हुँदैन भने निर्वाध विज्ञानपन पनि हुने गरेको छ । अझ अचम्मको कुरा के छ भने अति कम देशमा बालबालिकाको सुरक्षालाई ध्यान दिइएको छ । विश्वका ८८ देशका दुई अर्ब ३० करोड मान्छेलाई ई– सिगरेट किन्नका लागि न्यूनतम उमेर तोकिएको छैन । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  २३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro