site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनु पर्ने अवस्था आउँदैन : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पैसाको अभावमा उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था हुनु नहुने बताएका छन् ।

दोश्रो आधारभूत जीवनरक्षा दिवसको अवसरमा धुलिखेल अस्पतालले सोमबार काभ्रेको धुलिखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले आफूले मन्त्रालयमा काम सुरु गरेपछि धेरै सुधारका काम भएको भन्दै पैसा नभएका कारण उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको बताएका हुन् ।

मन्त्री बस्नेतले आफूले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हाले पछि देशभरिका १६ वटै संघीय अस्पतालहरूका तीन हजार ५२३ शैया विपन्नका लागि निःशुल्क गरेको जानकारी दिएका छन् ।

निजी अस्पतालहरूले पनि १० प्रतिशत शैया विपन्नका लागि निःशुल्क गर्ने कानुनी प्रवधानलाई कडाईका साथ लागु गराएको उनले बताए ।

"दुई वर्षभित्र सबै नेपालीलाई निःशुल्क रूपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने र पाँच वर्ष भित्र हरेक प्रकारका स्वास्थ्य सेवा प्रदान गर्नसक्ने आधारस्तम्भ तयार पार्न लागि परेका छौँ,"  उनले भने ।

उनले सानोतिनो रोगको उपचारका लागि भीआईभी र भीभीआईपीहरू विदेश जाने र करोडांै राज्यकोषको खर्च हुने गरेको भन्दै भीआईपी र भीभीआईपीका लागि पनि वीर अस्पतालमा पाँच शैयाको कक्ष निर्माण गरेर १५ जना विशेषज्ञ चिकित्सकको टिम बनाइदिएको धारणा राखे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro