site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तानमा शक्तिशाली विस्फोट, कम्तीमा ३५ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानमा एक राजनीतिक दलले निकालेको र्‍यालीमा भएको शक्तिशाली विस्फोटमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । अन्य कम्तीमा २०० जना घाइते भएका छन् ।

उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वाको बजुर जिल्लामा आइतबार जमियत उलेमा–ए–इस्लाम फजलले निकालेको र्‍यालीमा बम विस्फोट भएको हो । बजुर अफगानिस्तानसँग सीमा जोडिएको जिल्ला हो ।

मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।

विस्फोटमा जमियतका एक प्रमुख स्थानीय नेताको पनि मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । 

Global Ime bank

अहिलेसम्म कुनै चरमपन्थी संगठनले विस्फोटको जिम्मेवारी लिएको छैन । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफसहित अन्य नेताहरूले विस्फोटको निन्दा गरेका छन् ।

मियत उलेमा–ए–इस्लामका महासचिव मौलाना अब्दुल गफुर हैदरीले सुनियोजित षडयन्त्रमा देशको वातावरण बिगार्न खोजिएको प्रतिक्रिया दिएका छन् । 

मियत उलेमा–ए–इस्लाम पाकिस्तानको सत्तारूढ गठबन्धनमा रहेको दल हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  २१:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu