site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिलाले लगाएको सुनको सिक्री लुटपाट आरोपमा तीनजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । महिलाले लगाएको सुनको सिक्री लुटपाट गरेको आरोपमा मोरङमा तीनजना पक्राउ परेका छन् ।

सुन्दरहरैँचा नगरपालिका–९ मा बस्दै आएकी २७ वर्षीया एक महिलाले लगाएको सुनको सिक्री लुटपाट गरेको आरोपमा शनिबार साँझ प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१६ मा बस्दै आएका २६ वर्षीय विशाल रायमाझी, पर्साकै जगरनाथपुर नगरपालिका–६ मा बस्दै आएका २९ वर्षीय उमेशराय यादव र पर्सामै बस्दै आएका आठ वर्षीय बालक रहेका छन् ।

सुन्दरहरैँचा–८, सलकपुर बजारमा महिलाले तरकारी किनिरहेको अवस्थामा उनीहरूले सिक्री लुटेर भाग्ने प्रयास गरेका थिए । त्यसक्रममा स्थानीयले विशाललाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए । पछि थप दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मंगलसूत्र लुटपाट आरोपमा पक्राउ
उता, धनुषामा महिलाले लगाएको सुनको मंगलसूत्र लुटपाट गरेको आरोपमा एकजना पक्राउ परेकी छन् । भारतको सीतामढीमा बस्दै आएकी २५ वर्षीया पूजा महर्जनलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

लक्ष्मीनिया गाउँपालिका–५, भंगाहामा बस्दै आएकी एक ५० वर्षीया महिलाले लगाएको सुनको मंगलसूत्र उनले लुट्न खोजेकी थिइन् । लक्ष्मीनिया–४, सपहीस्थित मोहरम मेलामा महिलाले लगाएको मंगलसूत्र तान्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro