site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
धरानमा एकैदिन १५४ जनामा डेंगी संक्रमण, परीक्षण गरिएकामध्ये ६० प्रतिशतमा पोजिटिभ
प्रतीकारात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुनसरीको धरानमा महामारीको रूपमा देखिएको डेंगी संक्रमण पोजिटिभ देखिने दर उच्च हुँदै गएको छ । जेठ अन्तिम सातायता साउन १३ गतेसम्म दुई हजार ३५३ जना संक्रमित भएका छन् । 

डेंगीसँग मिल्दोजुल्दो लक्षण देखिएर परीक्षण गराएकामध्ये झन्डै ६० प्रतिशतमा संक्रमण पुष्टि भएको छ । शनिबार परीक्षण गरिएका तीन हजार ९८१ टेस्टमा दुई हजार ३५३ जनामा डेंगी पुष्टि भएकोे उपमहानगरका स्वास्थ्य शाखा प्रमुख उमेश मेहेताले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

साउन १२ गतेसम्म दुई हजार १९९ कुल संक्रमित रहेकोमा एकैदिन १५४ जना संक्रमित थपिएका हुन् । 

नगरका २० मध्ये ११, १५, १६, १७ र १८ नम्बर वडा धेरै प्रभावित भएका छन् । जेठ २३ यता मात्रै धरानमा डेंगीबाट एक बालकसहित आठजनाको मृत्यु भएको छ । 

Global Ime bank

पानी भण्डारण र अव्यवस्थित सुँगुर बंगुर पालनले बढायो संक्रमण 
धरानमा जेठ पहिलो सातादेखि नै डेंगी संक्रमण देखिए पनि जेठ अन्तिम सातायता समुदायस्तरमा फैलिएको थियो । यसमा भण्डारण गरी राखिएको पानी र अव्यवस्थित सुँगुर बंगुर पालन मुख्य कारक रहेको स्वास्थ्य शाखा प्रमुख मेहेता बताउँछन् ।

“नगरभित्र एक/दुई दिन बिराएर मात्रै पानी आउँछ, दैनिक प्रयोग गर्न पानी भण्डारण गर्नैपर्ने बाध्यता छ । अर्को कुरा घरसँगै जोडेर सुँगुर बंगुर पलिएका छन्, यसले फोहोर र लामखुट्टे बस्ने वातावरण झनै बनाएको छ”, मेहेताले बाह्रखरीसँग भने । 

अधिकांश संक्रमित सिकिस्त नभएका कारण घरमै रहेको र केही  सिकिस्त बिरामीलाई  विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको उनले बताए । डेंगी नियन्त्रणका लागि उपमहानगरले स्वास्थ्य कार्यालयसँगको समन्वयमा सर्च एण्ड डिस्ट्रोइ अभियान चलाइरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय