site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
एनआरएनए साउदीको अध्यक्षमा रविना अर्याल
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) साउदी अरबमा रविना अर्यालक नेतृत्वको कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । योसँगै साउदीमा अर्याल पहिलो महिला अध्यक्ष बनेकी छन् ।

एनआरएनए साउदीको साधारण सदस्य, कार्यसमिती सदस्य, उपाध्यक्षलगायत पदमा रहेर आफ्नो सफलतापूर्वक जिम्मेवारी पूरा गरेकी अर्याल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष अर्यालले आफूलाई निर्विरोध निर्वाचित गरेकोमा साउदीमा रहेका सबै नेपालीलाई धन्यवाद दिइन् । अर्यालले साउदीमा रहेका सबै संघसँस्थासँग  सहकार्य गर्दै नेपालीहरूको हकहितमा काम गर्ने बताइन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  २२:४४
प्रतिक्रिया दिनुहोस्